नामिबियासँग फेरि हार्याे नेपाल,पहिलो गाँसमै ढुङ्गा

१४ फागुन ८०, मंगलबार

१५ फागुन, काठमाण्डौ । 

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ । यसअघिको खेलभन्दा केही सुधारिएको प्रर्दशन गरेपनि सुरुवातमै विकेट गुमाएको नेपालले २०७ रनको लक्ष्य पूरा गर्न सकेन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भयो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २,२ विकेट लिए । नेपाललाई अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो भने दीपेन्द्रसिंह ऐरी र करण केसी क्रिजमा थिए।

Advertisement

तर १९ औँ ओभरको चौथो बलमा दीपेन्द्र आउट भए भने पाचौँ बलमा अविनाश बोहरा बोल्ड भए। विशाल लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो बलमै विकेट गुमाएको थियो। कुशल भुर्तेलले खाता नै खोल्न नसकेपछि नेपाल सुरुवातमा नै धर्मराएको थियो । यस्तै आशा गरिएका आसिफ शेखले ६ रन जोडे भने गुल्सन झा १२ र सन्दिप जोरा ५ र विवेक यादब ६ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

पछिल्लो क्रममा ब्याटरले नेपालललाई जितको लक्ष्य तर्फ लग्ने प्रयास गरेपनि त्यो संभव हुन् सकेन् । त्यसअघि नामिबियाका लफ्टी इटनले कीर्तिमानी शतकीय पारी खेले। उनले ३३ बलमा शतक पूरा गरे। उनी ३६ बलमा १०१ रन बनाउँदै अविनाश बोहराको बलमा आउट भए। नामिबियाका इटनले टी–२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन्।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन्। कुशलले चीनमा मंगोलिया विरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए। यस्तै नामिबियाका मलान क्रुगरले ४८ बल खेल्दै ५९ रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरे। नामिबियाका मिचेल भान लिंगेनले २० रन बनाए भने जेपी क्रोज ११ रन बनाएर आउट भए।

नेपालका कप्तान रोहित पौडेलले नामिबियाको दुई विकेट लिए। यस्तै अविनाश बोहरा र करन केसीले १÷१ विकेट लिए। अब नेपालले यो सिरिजमा भोलि १६ गते नेदरल्याण्डस्सँग खेल्नेछ । १७ गते फेरि नेदरल्याण्डस्सँग नामिबिया भिड्नेछन् । १८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ ।

भने १९ गते सिरिजको आफ्नो अन्तिम खेलमा नेदरलल्याण्डस्सँग खेल्नेछ । सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल २२ गते हुने तालिका छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top