ट्रम्पमाथि लगाइएको कानूनी प्रतिबन्ध खारेज

२२ फागुन, एजेन्सी । 

अमेरिकाको आगामी राष्ट्रपतिको निर्वाचनमा बलिया प्रतिस्पर्धीमा रुपमा हेरिएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध अमेरिकी सर्वोच्च अदालतले खारेज गरेको छ । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ संशोधनलाई सन्दर्भ गरिएको थियो, जस अन्तर्गत सशस्त्र विद्रोहवादीहरूलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाइएको छ। तर फेब्रुअरी ८ मा भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशहरूले यो कदमलाई शङ्काको दृष्टिले हेरे।

Advertisement

यससँगै उनीहरूले राज्य आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाए । अदालतले १४ औँ संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कंग्रेसको हातमा रहेको बताएको छ । यसपछि सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको छ ।

यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठूलो जीत भनेका छन् । अब डोनाल्ड ट्रम्पले आज हुने अमेरिकी चुनावको प्राथमिक चरणमा भाग लिन सक्नेछन् । यसै दिन उनी रिपब्लिकन पार्टीको मनोनयनमा आउने पक्का हुन सक्छन् । किनभने कोलोराडोसहित १५ अमेरिकी राज्यले प्राथमिक चरणको मतदान गर्नेछन्।

यसलाई सुपर ट्युजडे भनिन्छ । ७७ वर्षीय डोनाल्ड ट्रम्पले यस चुनावमा आफ्नो एक मात्र प्रतिद्वन्द्वी निक्की हेलीलाई हराएर रिपब्लिकन पार्टीको मनोनयन जित्ने विश्वास गरिएको छ । प्राइमरी अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको चरण हो जसमा दलहरूले मतदान मार्फत आफ्ना उम्मेदवारहरू निर्णय गर्छन्।

यसअघि अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा रहेकी निक्की हेलीले प्राइमरीमा पहिलो जित हासिल गरेकी थिइन । रिपब्लिकन पार्टीको तर्फबाट वाशिङ्टन डीसीमा भएको राष्ट्रपति पदको प्राइमरीमा निक्कीले जित हात पारेकी हुन् । आइतबारको मतदानमा निक्कीको जितले तत्कालका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयी बन्ने सिलसिला रोकिएको छ ।

आज अमेरिकाका १६ राज्यमा प्राइमरी मतदान हुँदैछ । यी मतदानमा ट्रम्पले धेरै प्रतिनिधिहरूको समर्थन जुटाउन सक्छन् । निक्की हेलीले यसअघि केही प्राइमरी हारिसकेकी छिन् । तर पनि उनले उम्मेदवारीको प्रतिस्पर्धा छाडेकी छैनन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top