×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्रीले बुधबार तेस्रो पटक विश्वासको मत लिने

२८ फाल्गुन २०८०

२८ फागुन , काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते बुधबारका दिन विश्वासको मत लिने भएका छन् । उनले ३० गते विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन आइतबार नै संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन भोली हुँदै छ । त्यसको भोलीपल्ट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

Advertisement
Advertisement

हाल उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको साथ छ । यी दलले साथ रहेका कारण उनले सदनमा विश्वासको मत पाउने पक्का छ । फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले एमालेलगायत दलहरूसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसपछि कांग्रेसले समर्थन फिर्ता लिएको थियो ।

संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ । प्रचण्डले १४ महिनायता विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । एमाले नेतृत्वमा बनेको तत्कालीन गठबन्धनबाट प्रधानमन्त्री बनेपछि उनले पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।

उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिएका थिए । अहिले पनि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए । दोस्रो पटक विश्वासको मत लिँदा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । मत दिन्नमा एक मत खसेको थियो ।

प्रचण्डले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै माओवादी केन्द्रले सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरेको छ । यसैका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अमेरिका भ्रमण रद्ध गरेकी छन् ।

Advertisement

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top