सिड्नीबाट अकल्याण्ड उडेको विमान भित्र आकाशमै खलबली

२८ फागुन , एजेन्सी ।

अष्ट्रेलियाको सिड्नीबाट अकल्याण्डको उडानमा रहेको एक विमानमा प्राविधिक कारणले समस्या निम्तिदा दर्जनौं यात्रु र चालक दलका सदस्य घाइते भएका छन् । उडान एलए ८०० ले उच्च उचाइको गतिमा अचानक तल झरेको अनुभव गरेपछि अकल्याण्ड एयरपोर्टमा आकस्मिक अवतरण भएको थियो ।

जहाँ ५० जनालाई उपचार गरिएको थियो। न्युजिल्याण्डको एक अस्पतालमा १३ जनाको उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । बाँकीलाई सामान्य चोटपटक मात्र लागेको छ । चिलीको एयरलाइन ल्याटमले उडानको क्रममा एउटा “प्राविधिक घटना“ले “बलियो आन्दोलन“ निम्त्याएको बताएको छ ।

विमानमा सवार एक यात्रुले रेडियो न्युजिल्याण्डलाई धेरै यात्रुहरूले सीट बेल्ट नलगाएको बताएका छन् । विमान अकल्याण्ड एयरपोर्टमा अवतरण गरिएको थियो । जहाँ एम्बुलेन्स चालक दल सहित १० वटा आपतकालीन सेवाका सवारी साधनहरू तयारी अवस्थामा राखिएको थियो ।

उडान ट्र्याकिङ सेवा फ्लाइटवेयरको तथ्याङ्कअनुसार बोइङ ७८७–९ ड्रिमलाइनर विमान प्राविधिक समस्यामा परेको हो । यो उडान अकल्याण्ड पछि सान्टियागो, चिलीसम्म पुग्ने थियो । एयरलाइन्सले मंगलबार अकल्यान्डबाट सान्टियागोको लागि नयाँ उडान तालिका बनाएको छ ।

प्रभावित यात्रुहरूलाई खाना र आवास प्रदान गरिरहेको बताइएको छ । घटनापछि एयरलाइन्सले यस अवस्थाले आफ्ना यात्रुहरूलाई पर्न गएको र पर्न सक्ने कुनै पनि असुविधाका लागि गहिरो खेद व्यक्त गर्दै विमान परिचालन मापदण्डको सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएको छ।

विमानका सवार यात्रुको पूर्ण जानकारी भने आइनसकेको बताएको छ । अकल्याण्ड एयरपोर्टका प्रवक्ताले सिड्नीबाट ल्याटम एयरलाइन्सको उडानबाट चिकित्सा सहायताको लागि अनुरोध गरेपछि उनीहरूको आपतकालीन सेवा टोलीले मद्दत गरिरहेको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top