२ चैत , काठमाण्डौ ।
मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् ।
पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको उनले बताइन् । घटनाबारे विस्तृत अनुसन्धान बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।