Nepal Times
Nepal Times
3
Shares

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको डेरामा शव फेला ,हत्याको आशंका

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको डेरामा शव फेला ,हत्याको आशंका

२ चैत , विराटनगर  ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दास मृत फेला परेकी छन्। प्रहरीले उनको हत्या आशंका गरेको छ।मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार नोबेल कलेजभन्दा उत्तरको एउटा घरमा डेरा बसेर काम गर्दै आएकी सिराहाकी दासको शव फेला परेको हो।

विराटनगर –४ स्थित उनी डेरा बस्ने घरको शौचालयमा शव भेटिएको उनले बताए।डिएसपी दाहालले भने,‘उनी बस्ने कोठामा शौचालय अट्याच रहेछ,त्यही शौचालयमा उनको शव आज फेला परेको हो।’सिराहाको फुल्काहकट्टी घर भएकी उनी स्थानीय धीरेन्द्र गिरीको घरमा डेरा बस्थिन्।

प्रहरीका अनुसार उनको घाँटी र अनुहारमा गहिरो चोट छ भने शरीरका अन्य भागमा पनि चोट लागेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.