खानाको लाइनमा रहेका इजरायली माथि बम खस्यो

२ चैत ,एजेन्सी ।
गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ । शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ । अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ व्यक्ति सामान्य घाइते भएका छन् ।

इजरायली सेनाले भने भीडमा रहेका व्यक्तिमध्ये केही हमास लडाकु रहेको र उनीहरूले इजरायली सेना लक्षित आक्रमणको प्रयास गरेपछि कारबाही गरेको दाबी गरेको छ । शरणार्थी शिविरमा खाद्यान्न लगायत सहयोग गरिरहेका व्यक्तिहरूले यसरी खानाको लाइनमा रहने व्यक्तिमाथि दैनिक आक्रमण भइरहेको बताएका छन् ।

इजरायली आक्रमणबाट गाजामा हालसम्म ३० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । उता अवैधरुपमा युरोप जान लागेका दर्जनौ आप्रवासीले भोक र प्यासका कारण ज्यान गुमाएका छन् । अफ्रिकाबाट अवैधरुपमा लिबिया हुँदै युरोप जान लागेको आप्रवासी सवार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

Advertisement

सामुद्रिक क्षेत्रमा मानवीय सहायता गर्दै आएको एसओएस मेडिटेरेनियनले डुंगाबाट २५ जनाको जिवितै उद्धार गरेको छ । उद्धार गरिएका आप्रवासीका अनुसार लिबियाको उत्तरी तटस्थित जावियाबाट गत हप्ताको शुक्रबार उनीहरु युरोपका लागि प्रस्थान गरेका थिए । तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो ।

इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा एक बालकसहित कयौँ महिलासमेत छन् । एसओएस मेडिटेरेनियनका अनुसार समुद्रमा डुंगा देखेपछि इटलीको कोष्ट गार्डको सहयोगमा उद्धार गरिएको हो । उद्धार गरिएका व्यक्तिहरुको स्वास्थ्यसमेत नराम्रोसँग बिग्रिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top