×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुसलाई ब्यालेस्टिक मिसाइल नपठाउन इरानलाई चेतावनी

३ चैत्र २०८०

चैत ३ , एजेन्सी ।
जी–७ देशले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल पठाएमा इरानमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । जी–७ समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानडा रहेका छन् । रुसलाई ब्यालेस्टिक मिसाइल वा सम्बन्धित प्रविधि प्रदान गर्न इरान अगाडि बढेको खण्डमा इरानमाथि नयाँ र महत्त्वपूर्ण उपायसहित जवाफ दिन तयार रहेको उनीहरुको चेतावनी छ ।

इरानले रुसलाई ब्यालेस्टिक मिसाइल बिक्री गर्ने निर्णय गरे त्यसको मूल्य लाभभन्दा धेरै असर भोग्नुपर्ने हुनसक्ने अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । इरानसँग रुसी सेनालाई सहयोग बन्द गर्न आह्वानसहित चिनियाँ व्यवसायीले हतियार र सैन्य उपकरणहरू मस्कोमा हस्तान्तरण गरेकोमा पनि चिन्ता व्यक्त गरिएको छ ।

Advertisement
Advertisement

यता युक्रेनलाई सैन्य सहयोगका निम्ति भने युरोपेली संघ (ईयू) ले पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अलजजिराले जनाएको छ । यो ईयूले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो । युक्रेनको सेना रुसको आक्रमणविरुद्ध लडिरहेकाले सैन्य सहयोग गर्ने कदममा ईयूले युक्रेनलाई विजयी बनाउन हरसम्भव सहयोग गर्ने जनाइएको छ ।

ईयूका विदेश मामिला तथा सुरक्षा नीतिका वरिष्ठ प्रतिनिधि जोसेप बोरेलले भने, “हामी युक्रेन असिस्टेन्स फन्डमा सहमत भएका छौँ । यो फन्डले युक्रेनलाई थप पाँच अर्ब युरोसँगै सैन्य समर्थन बढाउन हामीलाई अनुमति दिन्छ, सन्देश स्पष्ट छ– हामी युक्रेनलाई हरसम्भव सहयोग गर्नेछौँ ।”

अलजजिराका अनुसार, ईयूका २७ सदस्य मुलुकका राजदूतले महिनौँको तर्कवितर्कपछि बुधबार ब्रसेल्समा भएको एक बैठकमा युरोपेली शान्ति सुविधा (ईपीएफ) कोषको समग्र सुधारमा सहमति व्यक्त गरेका छन् । यसमा ईयूका ठूला मुलुक फ्रान्स र जर्मनी बहसको केन्द्रमा थिए । ठूलो नगद–फिर्ता योजनाका रूपमा सञ्चालित उक्त कोषले ईयूका सदस्य र अरू मुलुकमा युद्ध सामग्री पठाउन ‘रिफन्ड’ दिनेछ ।

Advertisement

जर्मनी अहिलेसम्म युरोपमा युक्रेनलाई सैन्य सहायता दिने सबैभन्दा ठूलो द्विपक्षीय दाता रहेको छ । “यो हाम्रो साझा विजय हासिल गर्न युरोपेली एकता र दृढ संकल्पको अर्को शक्तिशाली र समयसापेक्ष प्रदर्शन हो,” युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने, “हामी अर्को ईयू विदेश मामिलाको परिषद् बैठकमा स्वीकृत हुने अन्तिम निर्णयको प्रतीक्षामा छौँ ।”

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top