किन गुमाउँदै छ होलीले मौलिकता ?

१२ चैत , विराटनगर ।

हिजोदेखि हामी रंगहरुको पर्व होली बडो धुमधामका साथ मनाइरहेका छौं । हिजो खासगरी काठमाडौंसहित पहाडी क्षेत्रहरुमा फागु पूर्णिमा मनाइयो । आज भने तराईमा होली पर्व मनाइएको छ । तराईमा यसलाई कतै होली त कतै होरी र फगुवा पनि भन्ने गरिन्छ । यो अवसरमा यहाँलाई पनि होलीको विशेष शुभकामना छ । हुन त नेपाल कला र सस्कृतिले भरिएको देश हो । यहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । होली तीमध्ये एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ ।

होली पर्व खासगरी नेपालीहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी अर्थात प्रल्हादकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

Advertisement

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूलका हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

Advertisement

भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । होलीमा दलिने नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि होलीका बेला ब्यापक गरिन्छ ।होलीको अवसरमा ठाउँ विशेष पारेर अघिल्लो दिन पहाडमा र भोलीपल्ट तराईमा सार्वजनिक विदा दिईन्छ ।

सोहीअनुसार उपत्यका लगायत अन्य ठाँउहरुमा हिजै अनि तराई क्षेत्रमा आज विदा दिइएको हो । यो पर्व मनोरञ्जक भएपनि मूलतः यो धार्मिक र साँस्कृतिक चाड हो । राजधानीमा होली काठमाडौंको बसन्तपुर दरवारको दक्षिण भागमा शुभ साइतमा ध्वजापताका सहितको चीर ठड्याएपछि आरम्भ भई फागु पूर्णिमाको दिन उक्त चीर विधिपूर्वक ढालेसँगै समाप्त हुन्छ ।

यता तराईमा होलीमा डम्फा, हारमोनियम झ्याली मृदङ्सहितको बाद्यबाधन बजाउँर्दै होरी गीत गाउँने चलन छ । तर हिजोआज भोजपुरी गीत संगीतमा होलीको दिन झुन्मेहरु थपिदै छन् । विशेष गरी तराई मधेशतिर जोगिरा सररर मुख्यः गीत गाएर ढोलक, ताल, मृदंग, नगरा बजाएर नाचगान गरी गाउँ टोलछिमेक र आफ्न्तबीच अविर र रंग खेली मनाइने होली पर्व हाल आधुनिक गीतसंगीतमा सीमित हुन थालेको पनि देखिन्छ । अन्य हामीमाझ यसको मौलिकतालाई जोगाइराख्ने चुनौती पनि छ ।

परापुर्वकालदेखि नै होलीको लोकगीत गाएर खुशी साटेर आपसी प्रेम र सदभाव साथ मनाइने होली अब होटल र पार्टी प्यालेसमा मनाउने चलन बढ्दै गएको छ । तराईकै कुरा गर्ने हो भने, मिथिला क्षेत्रमा दशकअगाडीसम्म रात्री भोजनपछि दलान आगनमा गाउँले भेला भएर होलीको परम्परागत गीत गाएर मौलिक संस्कृतिमा रंग भर्ने चलन थियो । तर अहिले वर्षभरिका दुःख पीडा विर्साएर उल्लास मनाउने यो पर्वका नाममा विकृति विसंगति भित्रिन थालेको छ ।

अचेल विशेषःत युवा युवती महिला र भलाद्मीहरु होलीको दिन नजिकिदैँदै गर्दा त्रसित हुन्छन् । रंग नभई हिलो फोहोर र विभिन्न केमिकलहरु जस्ले जीवनमा नकरात्मक असर पुर्याउछन् घरमाथि छतमा लुकेर लोला हान्ने त्यस्ता प्रदुषित पदार्थ अनिच्छापूर्वक जवरजस्ती छयाप्ने गरिन्छ । यसले होली पर्वका नाममा विकृति भित्रियाईरहेको छ । यस्तै व्यवहारका कारण अप्रिय घटनापनि हुने गरेका छन् ।

पर्वको मौलिकतालाई विर्सेर विकृत बनाउँदा चाडको गरिमा रहदैंन । मित्रता, आत्मीयता र सामिप्य दर्शाउन यस पर्वलाई नेपाली सँस्कृतिको महत्वपूर्ण निधिको रुपमा राखिरहन यसलाई मर्यादित बनाउनै पर्छ । रंग उत्सव प्रेम सदभाव कामय राख्ने होली पर्वको मौलिकता माथि भड्काव संस्कृति हवि हुदैं गएपछि मौलिक होली गुमनाम भईरहेको भान हुन थालेको छ । मौलिक होली मदिरा, नशा लिएर अनि उदण्ड तवरले मनाउने प्रवृत्ति हावि भएको छ ।

यो चिन्ताजनक विषय हो । यसैकारण पनि सुरक्षा निकायले होलीका अवसरमा थप सुरक्षाको व्यवस्थासमेत गर्नु परेको छ । मर्यादित र सुरक्षितसाथ खेल्न सचेत गराउनु परेको छ । कारबाहीसम्मको चेतावनी पनि दिनु परेको छ । चाडवर्प मनाउँदा उल्लास, हार्दिकताका साथ मनाउँनु पर्नेमा यी कुराहरु पनि संगै आउनु पक्कै राम्रो होइन ।

त्यसैले होलीलगायतका सबै चाडपर्वहरु आफ्नै मौलिक पारामा मनाऔं । खुसी साटौं, दुःख विसाऔं । आपसी सद्भावबीच गरिने मनोरञ्जन मानव जीवनलाई स्वस्थ राख्न अति आवश्यक हुन्छ । यसले जीवनप्रति उत्साह र सकारात्मक भावना जगाउँछ ।होली जसरी मनाए पनि विजय त्यसको हुन्छ, जो धर्ममा रहन्छ, धर्म त्यो हो जो सत्यमा आश्रित छ भन्ने फागुपर्वको मुख्य आशय सबैले बुझ्न आवश्यक छ ।

यहाँहरु सबैलाई होलीको धेरै धेरै शुभकामना । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top