×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

किन गुमाउँदै छ होलीले मौलिकता ?

१२ चैत्र २०८०

१२ चैत , विराटनगर ।

हिजोदेखि हामी रंगहरुको पर्व होली बडो धुमधामका साथ मनाइरहेका छौं । हिजो खासगरी काठमाडौंसहित पहाडी क्षेत्रहरुमा फागु पूर्णिमा मनाइयो । आज भने तराईमा होली पर्व मनाइएको छ । तराईमा यसलाई कतै होली त कतै होरी र फगुवा पनि भन्ने गरिन्छ । यो अवसरमा यहाँलाई पनि होलीको विशेष शुभकामना छ । हुन त नेपाल कला र सस्कृतिले भरिएको देश हो । यहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । होली तीमध्ये एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ ।

Advertisement
Advertisement

होली पर्व खासगरी नेपालीहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी अर्थात प्रल्हादकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूलका हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । होलीमा दलिने नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि होलीका बेला ब्यापक गरिन्छ ।होलीको अवसरमा ठाउँ विशेष पारेर अघिल्लो दिन पहाडमा र भोलीपल्ट तराईमा सार्वजनिक विदा दिईन्छ ।

सोहीअनुसार उपत्यका लगायत अन्य ठाँउहरुमा हिजै अनि तराई क्षेत्रमा आज विदा दिइएको हो । यो पर्व मनोरञ्जक भएपनि मूलतः यो धार्मिक र साँस्कृतिक चाड हो । राजधानीमा होली काठमाडौंको बसन्तपुर दरवारको दक्षिण भागमा शुभ साइतमा ध्वजापताका सहितको चीर ठड्याएपछि आरम्भ भई फागु पूर्णिमाको दिन उक्त चीर विधिपूर्वक ढालेसँगै समाप्त हुन्छ ।

यता तराईमा होलीमा डम्फा, हारमोनियम झ्याली मृदङ्सहितको बाद्यबाधन बजाउँर्दै होरी गीत गाउँने चलन छ । तर हिजोआज भोजपुरी गीत संगीतमा होलीको दिन झुन्मेहरु थपिदै छन् । विशेष गरी तराई मधेशतिर जोगिरा सररर मुख्यः गीत गाएर ढोलक, ताल, मृदंग, नगरा बजाएर नाचगान गरी गाउँ टोलछिमेक र आफ्न्तबीच अविर र रंग खेली मनाइने होली पर्व हाल आधुनिक गीतसंगीतमा सीमित हुन थालेको पनि देखिन्छ । अन्य हामीमाझ यसको मौलिकतालाई जोगाइराख्ने चुनौती पनि छ ।

परापुर्वकालदेखि नै होलीको लोकगीत गाएर खुशी साटेर आपसी प्रेम र सदभाव साथ मनाइने होली अब होटल र पार्टी प्यालेसमा मनाउने चलन बढ्दै गएको छ । तराईकै कुरा गर्ने हो भने, मिथिला क्षेत्रमा दशकअगाडीसम्म रात्री भोजनपछि दलान आगनमा गाउँले भेला भएर होलीको परम्परागत गीत गाएर मौलिक संस्कृतिमा रंग भर्ने चलन थियो । तर अहिले वर्षभरिका दुःख पीडा विर्साएर उल्लास मनाउने यो पर्वका नाममा विकृति विसंगति भित्रिन थालेको छ ।

अचेल विशेषःत युवा युवती महिला र भलाद्मीहरु होलीको दिन नजिकिदैँदै गर्दा त्रसित हुन्छन् । रंग नभई हिलो फोहोर र विभिन्न केमिकलहरु जस्ले जीवनमा नकरात्मक असर पुर्याउछन् घरमाथि छतमा लुकेर लोला हान्ने त्यस्ता प्रदुषित पदार्थ अनिच्छापूर्वक जवरजस्ती छयाप्ने गरिन्छ । यसले होली पर्वका नाममा विकृति भित्रियाईरहेको छ । यस्तै व्यवहारका कारण अप्रिय घटनापनि हुने गरेका छन् ।

पर्वको मौलिकतालाई विर्सेर विकृत बनाउँदा चाडको गरिमा रहदैंन । मित्रता, आत्मीयता र सामिप्य दर्शाउन यस पर्वलाई नेपाली सँस्कृतिको महत्वपूर्ण निधिको रुपमा राखिरहन यसलाई मर्यादित बनाउनै पर्छ । रंग उत्सव प्रेम सदभाव कामय राख्ने होली पर्वको मौलिकता माथि भड्काव संस्कृति हवि हुदैं गएपछि मौलिक होली गुमनाम भईरहेको भान हुन थालेको छ । मौलिक होली मदिरा, नशा लिएर अनि उदण्ड तवरले मनाउने प्रवृत्ति हावि भएको छ ।

यो चिन्ताजनक विषय हो । यसैकारण पनि सुरक्षा निकायले होलीका अवसरमा थप सुरक्षाको व्यवस्थासमेत गर्नु परेको छ । मर्यादित र सुरक्षितसाथ खेल्न सचेत गराउनु परेको छ । कारबाहीसम्मको चेतावनी पनि दिनु परेको छ । चाडवर्प मनाउँदा उल्लास, हार्दिकताका साथ मनाउँनु पर्नेमा यी कुराहरु पनि संगै आउनु पक्कै राम्रो होइन ।

त्यसैले होलीलगायतका सबै चाडपर्वहरु आफ्नै मौलिक पारामा मनाऔं । खुसी साटौं, दुःख विसाऔं । आपसी सद्भावबीच गरिने मनोरञ्जन मानव जीवनलाई स्वस्थ राख्न अति आवश्यक हुन्छ । यसले जीवनप्रति उत्साह र सकारात्मक भावना जगाउँछ ।होली जसरी मनाए पनि विजय त्यसको हुन्छ, जो धर्ममा रहन्छ, धर्म त्यो हो जो सत्यमा आश्रित छ भन्ने फागुपर्वको मुख्य आशय सबैले बुझ्न आवश्यक छ ।

यहाँहरु सबैलाई होलीको धेरै धेरै शुभकामना । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top