रथयात्रा हेर्न गएका किशोरी १० दिनदेखि बेपत्ता

रथयात्रा हेर्न गएका किशोरी १० दिनदेखि बेपत्ता

नुवकोट : नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन ।

हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए । जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवाले शुक्रबार बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.