Nepal Times
Nepal Times
3
Shares

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा

६ वैशाख ,एजेन्सी ।
जारी च्याम्पियन्स लिगमा गएरातीको दुई खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । गएरातीको खेलमा साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।

गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो । समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो ।

रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुंगिएको थियो ।दोस्रो हाफमा केभिन डि ब्रएनाको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो । डि ब्रुएनाले ७६ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि रियलले रोड्रिगोको गोलमा अग्रता लिएको थियो । उनले १२ औं मिनेटमा गोल गरेका थिए ।

भिनिसियसको क्रसमा रोड्रिगोले प्रहार गरेको बललाई सिटीका गोलकिपरले रोकेपनि पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । त्यहि रिबाउन्डमा रोड्रिगोलले गोल गरेका थिए । उता, बायर्न म्युनिख पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

गएराती नै भएको खेलमा इंग्लिस क्लब आर्सनललाई दोस्रो लेगमा १–० गोल अन्तरले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो ।

उनले ६३ औं मिनेटमा गोल गरेका थिए । यो सिजन जर्मन बुन्डेस लिगा उपाधिबाट विमुख भएको बायर्न च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवित राखेको छ । अब फाइनल प्रवेशका लागि बायर्नले स्पेनिस क्लब रियलको सामना गर्नेछ । यसअघि मंगलबार पेरिस सेन्ट जर्मेन (पिएसजी) र बरुसिया डर्टमन्ड सेमिफाइनल प्रवेश गरेका थिए । पिएसजीले बार्सिलोना र डर्टमन्डले एट्लेटिको म्याड्रिडको चुनौति समाप्त गर्दै अन्तिम चारमा पुगेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.