×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा

६ बैशाख २०८१

६ वैशाख ,एजेन्सी ।
जारी च्याम्पियन्स लिगमा गएरातीको दुई खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । गएरातीको खेलमा साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।

गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो । समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो ।

Advertisement
Advertisement

रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुंगिएको थियो ।दोस्रो हाफमा केभिन डि ब्रएनाको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो । डि ब्रुएनाले ७६ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि रियलले रोड्रिगोको गोलमा अग्रता लिएको थियो । उनले १२ औं मिनेटमा गोल गरेका थिए ।

भिनिसियसको क्रसमा रोड्रिगोले प्रहार गरेको बललाई सिटीका गोलकिपरले रोकेपनि पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । त्यहि रिबाउन्डमा रोड्रिगोलले गोल गरेका थिए । उता, बायर्न म्युनिख पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

गएराती नै भएको खेलमा इंग्लिस क्लब आर्सनललाई दोस्रो लेगमा १–० गोल अन्तरले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो ।

Advertisement

उनले ६३ औं मिनेटमा गोल गरेका थिए । यो सिजन जर्मन बुन्डेस लिगा उपाधिबाट विमुख भएको बायर्न च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवित राखेको छ । अब फाइनल प्रवेशका लागि बायर्नले स्पेनिस क्लब रियलको सामना गर्नेछ । यसअघि मंगलबार पेरिस सेन्ट जर्मेन (पिएसजी) र बरुसिया डर्टमन्ड सेमिफाइनल प्रवेश गरेका थिए । पिएसजीले बार्सिलोना र डर्टमन्डले एट्लेटिको म्याड्रिडको चुनौति समाप्त गर्दै अन्तिम चारमा पुगेका थिए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top