Nepal Times
Nepal Times
3
Shares

नेपाली राजनीतिको मूल खेलाडी एमाले र कांग्रेस मात्रै ?

नेपाली राजनीतिको मूल खेलाडी एमाले र कांग्रेस मात्रै ?

१७ वैशाख ,काठमाण्डौ ।

गएको शनिबार सम्पन्न उपनिर्वाचनमाट बझाङमा एमाले उम्मेदवार विजयी भएका छन् भने इलाम २ मा एमालेको उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउदै लगेका छन् । एमालेका उम्मेदवारले जनताको अभिमत पाएको यो परिणाम सार्वजनिक भइरहदा नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको देखाएको टिप्पणी गरेका छन् ।

इलाम र बझाङमा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भएपछि उनले यस्तो बताएका हुन्। बझाङमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका छन् भने निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । बझाङमा नेकपा एकीकृत समाजवादीको जमानत जफत भएको छ ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो । निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने हुन्थ्यो । यस्तै इलाम क्षेत्र नं २ का ६ पालिकामध्ये ४ वटाको मत गणना सकिएको छ ।

४२ वडामध्ये अहिलेसम्म चार पालिकाका २२ वटाको गणना सकिएको हो । इलाममा अहिलेसम्म ३२ हजार ६३८ मत गणना भएको छ । जसमा ४४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाममा प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । इलाममा अब २० वटा वडाको ३६ हजार ६४९ मत गन्न बाँकी रहेको छ ।

इलाममा फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माई नगरपालिकाका २२ वटा वडाको मत गणना सकिएको छ । अब देउमाई नगरपालिकाका ९ र इलाम नगरपालिकाका ११ वटा वडाको मत गणना बाँकी छ । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले ४ हजार ६ सय ८३ मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार, एमालेका सुहाङले १३ हजार ६९ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ८ हजार ३८६ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ८ हजार ९८ मत पाएका छन् । डेकेन्द्रसिंह कांग्रेसका खड्काभन्दा २ सय ८८ मत मात्रै पछि छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ७१३ मत पाएका छन् ।

यस्तो मतपरिणाम आउदै गर्दा गोकुलले भनेका छन्, नेपालको राजनीतिक मैदानका मूल खेलाडी दुईवटा मात्र हुन। अरू छेउ कुना भर्न मात्र मैदानमा रहेका हुन भन्दा दुई दिन अघि मात्र एक जना सगोत्री नेता म सँग कार्यक्रम स्थलमै आगो भा थिए। आखिर इलाम र बझाङले त त्यही कुरा बतायो नि। तथ्य मनोगत आग्रहको बन्दी हुँदैन है।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.