आर्एपीएलमा आज दुई किङ, चेन्नई भर्सेस पन्जाब

१८ बैशाख ८१, बुधबार

१९ वैशाख , एजेन्सी ।

१७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बुधबारको खेलमा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सको सामना गर्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो सिजनको आईपीएलमा चेन्नई र पन्जाब पहिलो पटक भिड्न लागेका हुन् । आईपीएलको १७औँ संस्करणमा दुवै टोलीले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् ।

बुधबारको खेलमा पराजित भए पन्जाबको अगाडि बढ्ने सम्भावना लगभग समाप्त हुनेछ । चेन्नईले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १० अंकसहित तालिकाको चौथो स्थानमा छ । पञ्जाबले यसअघि खेलेको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ ।

पन्जाब ६ अंकसहित तालिकाको आठौँ स्थानमा छ । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र पन्जाब किङ्सबिच हालसम्म कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा चेन्नईले पञ्जाबलाई हराएको छ । १३ खेलमा भने पञ्जाबले चेन्नईलाई हराएको छ । चेन्नई र पञ्जाबबीच पछिल्लो पटक आईपीएलको १६औँ संस्करणमा भिडन्त भएको थियो ।

उक्त खेलमा पञ्जाबले चेन्नईलाई चार विकेटले पराजित गरेको थियो । यसैबीच आईपीएलमा गएराति सम्पन्न खेलमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । लखनऊले मुम्बई इन्डियन्समाथि ४ विकेटको जित निकालेको हो । मुम्बईले दिएको १४४ रनको लक्ष्य पछ्याएको लखनऊको टोलीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

जितसँगै लखनऊले प्लेअफ सम्भावना पनि बलियो बनाएको छ । जारी प्रतियोगिताको अंक तालिकामा लखनऊ १२ अंकका साथ तेस्रो स्थानमा छ । पराजित मुम्बई समान खेलबाट ६ अंक जोड्दै नवौँ स्थानमा यथावत् छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top