सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर

१९ बैशाख ८१, बिहीबार

२० वैशाख , काठमाण्डौ ।

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका हुन् ।

सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी यसपटक सबैभन्दा अनुभवी खेलाडीको भूमिकामा रहनेछन् । सोमपाल अहिले पनि टोलीको मुख्य बलर हुन् । हालसम्म नेपालले ८५ टि२०आई खेल खेल्दा सोमपालले त्यसमध्ये ६५ खेल खेलेका छन् ।

सोमपालले ६५ खेलमा ५८ विकेट लिएका छन् । स्ट्राइक बलरको भूमिकामा रहेका उनले पावरप्लेमा बलिङ गरे पनि इकोनोमी रेट भने ७.१९ मा सीमित राखेका छन् । ब्याटिङतर्फ पनि उनले ३८ इनिङ खेल्दै ३ सय १५ रन जोडेका छन् । नेपालले भने आफ्नो क्रिकेट इतिहासको पहिलो टि२० अन्तर्राष्ट्रिय खेल २०१४ को विश्वकपमा हङकङविरुद्ध नै खेलेको थियो ।

त्यस खेलमा सोमपालले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए । नेपालले विश्वकपको पहिलो खेलमै जित दर्ता गर्दै इतिहास समेत रचेको थियो । यसबीचमा चोटका कारण सोमपाल केही समय टोलीबाहिर पनि रहे । सन् २०२२ को विश्वकप छनोट नै गुमाएका उनले त्यसयता भने नियमित खेलिरहेका छन् ।

२०१४को विश्वकपमा नेपाली टीमको कप्तानी पारस खड्काले गरेका थिए । अहिले त्यो विश्वकप खेल्ने दुई खेलाडी विनोद भण्डारी र सोमपाल कामीमात्रै राष्ट्रिय टिममा छन् । तत्कालीन कप्तान खड्काले अहिले क्यानको सचिव भएर सिंगो क्रिकेटकै कमान्ड सम्हालिरहेका छन् । त्यो विश्वकपदेखि यो विश्वकपसम्म आउँदा नेपाली टीममा थुप्रै परिवर्तन भइसकेको छ ।

त्यसबेला नेपालको मुख्य अस्त्र बलिङ थियो भने ब्याटिङ हाम्रो कमजोरी थियो । अहिले ब्याटिङ हाम्रो मुख्य अस्त्र बनेको छ भने बलिङ सहायक बनेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top