क्यानडामा सिख नेताको हत्यारा पक्राउ

२२ वैशाख , एजेन्सी ।

क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । सिख नेता ४५ वर्षका हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह रहेका छन् ।

हिजो पक्राउ परेका उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ । तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए, जहाँबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको उनले बताए । अदालतको अभिलेख अनुसार तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

प्रहरीले अनुसन्धान जारी रहेको र उनीहरूको ‘भारत सरकारसँगको सम्बन्ध’ पनि खोजी भइरहेको बताएको छ । सिख पृथकतावादी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेपछि दुई देशबीच ठूलो कूटनीतिक विवाद उत्पन्न गरेको बीबीसीले जनाएको छ ।

निज्जरको अघिल्लो वर्ष जुन १८ तारिखमा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको एक सिख मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए । त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको पनि बताएका थिए ।

तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ । निज्जर हत्या प्रकरणपछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top