रियल बन्यो ला लिगाको च्याम्पियन

रियल बन्यो ला लिगाको च्याम्पियन

२३ वैशाख ,  एजेन्सी ।
रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो ।

उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो । ३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ । ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिडले मायोर्कालाई १–० ले पराजित गरेको छ ।

उता कप्तान लिओनल मेसी र लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले अमेरिकन लिग सकरमा सहज जित हासिल गरेको छ। चेस स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा मियामीले न्यूयोर्क रेड बुल्सलाई ६–२ गोल अन्तरले पराजित गरेको हो। मियामीको जितमा सुआरेजले ह्याट्रिक पूरा गरे। यस्तै, मेसीले ५ असिस्ट प्रदान गरेका थिए।

खेलको ३०औँ मिनेटमा दान्टे भान्जेइरले गोल गर्दै न्यूयोर्कलाई शुरूआती अग्रता दिलाएका थिए। ४८औँ मिनेटमा म्याथिस रोजासले गोल गर्दै मियामीलाई खेलमा फर्काए। उनले मेसीको पासमा गोल गरे। ५०औँ मिनेटमा लुइस सुआरेजको पासमा मेसीले गोल गर्दै मियामीको अग्रता दोब्बर बनाए।

६२औँ मिनेटमा मेसीले दिएको पासमा रोजासले नै गोल गर्दै मियामीको अग्रता ३–१ मा पु¥याए। ६९औँ मिनेटमा मेसीकै पासमा सुआरेजले मियामीका लागि व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरे। ७५औँ र ८१औँ मिनेटमा सुआरेजले गोल गर्दै ह्याट्रिक पूरा गरे। दुवै गोल मेसीको पासमा सम्भव भएको थियो।

दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा न्यूयोर्कका एमिल फोर्सबर्गले गोल गरेपनि मियामी ६–२ ले विजयी भयो। जितसँगै शीर्ष स्थानको मियामीले १२ खेलबाट २४ अंक जोडेको छ। ११ खेलबाट १७ अंक रहेको न्यूयोर्क आठौँ स्थानमा छ। यता क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल नासरले साउदी प्रो लिगमा अल वेहदामाथि शानदार जित हासिल गरेको छ।

अल–अवल पार्कमा शनिबार राति सम्पन्न खेलमा नासर ६–० गोल अन्तरले विजयी भएको हो। खेलको ५, १२ र ५२औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए। १८औँ मिनेटमा अक्टोभियो, ४५औँ मिनेटमा साडियो माने र ८८औँ मिनेटमा मोहम्मद अल फातिलले गोल गरे। जितसँगै दोस्रो स्थानमा रहेकझ नासरको ३० खेलबाट ७४ अंक रहेको छ। वेहदा समान खेलबाट ३२ अंकसहित १२औँ स्थानमा यथावत् छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.