×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

रविविरुद्ध कांग्रेसले भेट्यो प्रमाण, पोखराको प्रतिवेदनले रवि अप्ठेरोमा ,अब के हुन्छ ?

२८ बैशाख २०८१

२८ वैशाख, काठमाण्डौ ।

सहकारीको वचत ठगी गरेको प्रकरणमा प्रतिपक्ष नेपाली कांग्रेसबाट घेरिदै आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ। पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो।

Advertisement
Advertisement

यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ। जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक भएका बेला सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण छानबिन समितिले फेला पारेको छ।

वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको बताइएको छ। रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको र पैसा कहाँ गयो, कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर पनि प्रतिवेदनमा लेखिएको छ। पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन्।

प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु राईको नाम २१ नम्बरमा छ। लामिछानेले चेक तथा नगदबाट एक करोड लिएका छन्।जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले वैशाख ३ गते बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको मुद्दा दायर ग¥यो ।

पक्राउ परेका पाँचजना र अन्य फरार गरी २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । त्यसरी मुद्दा दायर भएकाहरु मध्ये केही जिल्ला अदालत रुपन्देहीको आदेशले धरौटीमा छुटेका छन् । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित केहीलाई भने पुर्पक्षका लागि थुनामै राख्ने आदेश भएको छ । सहकारीका मूख्य आरोपी ओखलढुंगाका गितेन्द्र बाबु राई (जीबी) भने फरार छन् ।

सोही सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएका छन् । यद्यपी उनलाई जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी भने बनाएन । तर, गोर्खा मिडिया ग्रुपको बैंक खाता प्रयोग भएर उनको नाममा सहकारीको दुई करोड रुपैयाँ ट्रान्सफर भएको देखिएको छ । सोही कारण प्रतिवेदनमै उनलाई जिल्ला सरकारी वकिल कार्यालयले ऋणीको सूचीमा राखेको छ ।

अभियोजनमा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आई.एम.आई.ई बैंकको खाता नम्बर ००१–००१–१०५–००००२२४ मा दुई करोडमध्ये चार लाख सेवा शुल्क कट्टि गरेर एक करोड ९६ लाख रुपैयाँ जम्मा भएको उल्लेख गरेको छ । तर, गृहमन्त्री लामिछानेले भने उक्त रकम आफूले नलिएको र पठाउने व्यक्तिले नाममात्रै राखेको भरमा आफू ऋणी समेत नभएको दाबी गर्दै आएका छन् ।

सुप्रिम सहकारीको एक अर्ब ३१ करोड रुपैयाँ अपचलन भएको थियो । सुप्रिम सहकारी बाहेक पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामासमेत गृहमन्त्री लामिछाने मुछिएका थिए । सूर्यदर्शन सहकारीको मुद्दा हाल विचाराधीन अवस्थामै छ । जिल्ला सरकारी वकिल कार्यालय पोखराले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा १९ जनालाई प्रतिवादी बनाएको थियो ।

जसमध्ये कोषाध्यक्ष कुमार रम्तेल सहकारीको सञ्चालक समितिका सदस्य शिव गुरुङ र भविश्वर अर्यालसहित चारजना भने पक्राउ परिसकेका छन् । यता नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ ।

संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ ।

Advertisement
Advertisement

त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ । त्यस विषयमा स्वतन्त्र छानबिनको पुनः माग गरेका छौँ ।’ उनले सरकारले गैर जिम्मेवार बनेको आरोप लगाउँदै सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको कांग्रेसले निष्कर्ष निकालेको बताए । उनले छानबिन समिति आधारभूत माग भइसक्यो भन्दै बटम लाइन भइसकेपछि अब पछि नहट्ने स्पष्ट गरेका छन् । रविले आज संसदमा सम्बोधन गर्दैछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top