×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

नेपाली पत्रकारितालाई राजनीति र कर्पोरेट स्वार्थबाट सबैभन्दा ठूलो खतरा

३१ बैशाख २०८१

३१ वैशाख , विराटनगर । 

राजनीतिज्ञ र पत्रकारिता क्षेत्रमा संलग्नहरुले राजनीतिक र कर्पोरेट स्वार्थका कारण नेपाली पत्रकारिताको विश्वास गुम्दै गएको भन्दै यी दुई आग्रहबाट पत्रकारिता क्षेत्र मुक्त हुनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की र पत्रकार पुरुषोत्तम दाहालले स्वार्थ र दलीय अस्थाबाट पत्रकारिता माथि उठेमात्र व्यावसाियक बन्ने बताउनुभएको हो ।

Advertisement
Advertisement

पूर्वसञ्चारमन्त्रीसमेत रहेका नेता कार्की र पत्रकार दाहाल दुवैले पत्रकारिताले राजनीतिलाई होइन राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा पर्न थालेको भन्दै पत्रकारितामा पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पत्रकारिता बचाउन राजनीतिक संयन्त्रको महत्वपूर्ण भुमिका हुने बताउँदै दलहरुले समेत पत्रकारिता बचाउन प्रण गर्नुपर्ने बताए ।

कार्कीले पत्रकारिताले राजनीतिलाई होइन राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा पर्न थालेको भन्दै पत्रकारितामा पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिए । पत्रकारितालाई दलगत आस्थाभन्दा माथि उठाउन अब प्रयास हुनुपर्ने उनको भनाइ छ ।

पत्रकार दाहालले दलपिच्छेका पत्रकार संगठन र अमुक पार्टीको हकहितका लागि धेरैजसो पत्रकार लागेका कारण पत्रकारितामा संकट गहिरिँदै गएको बताए । उनले भने , ‘दलैपिछेका पत्रकार संठठन भए । पत्रकार महासंघ चाहीँ महागठवन्धन बन्यो । महासंघमा पत्रकारको हकहितको भन्दा अमुक पार्टीको प्रतिनिधित्व गर्ने प्रचलन बस्यो जुन सच्चिनुपर्छ । छाता बाहेकका पत्रकारको संगठन हुनुहुँदैन ।’

नेता कार्कीले विगतमा जस्तो नेतासँग बोल्दापनि ‘हुकुम होस्’ त भन्ने खालको पत्रकारिताले धेरै फड्को मारेको भएपनि मुद्दामा आधारित पत्रकारिता भने अझै फष्टाउन नसकेकोमा चिन्ता व्यक्त गरे । ‘राजनीतिको प्रभाव पत्रकारितामा पनि पर्छ । हिजो मिसन पत्रकारितामा प्रभाव अवस्य थियो । तर आज राजनीतिले पनि कमाण्ड गर्न सकेन ।

पत्रकारिताले पनि यसमा कम काम गरेको छ,’ उनले भने नेता कार्कीले पत्रकारिता पेशाप्रति विश्वास घट्दै जानुमा राजनीतिक संयन्त्रमात्र नभएर पत्रकारसमेत जिम्मेवार रहेको दाबी गरे । ‘संसदमा समेत नेताका आफ्ना पत्रकार छन् । आफ्नो मान्छे बोल्न थालेपनि फोटो शुरु हुन्छ आफ्नो कथा आफैँ लेखाउने पकेट जर्नालिजम मौलाएको छ ।’ उनले भने, ‘नेताका आफ्ना मिडिया छन् जसले आफ्नै कुरामात्र बोल्छन् । नेपालमा यो खाले स्वतन्त्रताको हद नाघेको छ कतै नटिक्ने हो कि भन्ने चिन्ता छ ।’

उनले कर्पोरेट हाउसहरुको एकाधिकार मिडियामा कायम हुने खतरा पनि उत्तिकै देखिन थालेको भन्दै सरकारले जनताका पक्षमा लेख्ने मिडियालाई प्रोत्साहित गर्ने हो भने जनताले पनि मिडियाको विश्वास गर्ने अवस्था बन्ने बताए । ‘तर मिडियाले विषयवस्तुमा स्थायी दृष्टिकोण नै बनाएनन् । एकसाता अघि एउटा होटल खराब हुन्छ, त्यही होटल अर्को हप्ता आरामदायी हुन्छ कन्टेन्टमा, यसरी विस्वास गुम्दैछ पत्रकारिताको’ कार्कीको बुझाइ छ ।

राज्यका सबै अंगमाथि प्रश्न उठेका बेला मिडियाले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बेलामा मिडियाले ठीक बोल्छ भनेर जनतालाई विश्वास दिलाउने गरी पत्रकारिता गर्न जरुरी भएको भन्दै उहाँले यसमा मिडिया गम्भीर बन्नुपर्ने बताए । उनले समानुपातिक विज्ञापन नीति लागू हुने र लोककल्याणकारी विज्ञापनको पारदर्शी वितरण भयो भने पनि पत्रकारिता बाँच्न सक्ने भन्दै भाषण पत्रकारिता र सिंहदरबार केन्द्रित विषयवस्तु मात्र पत्रकारितामा आउन नहुने बताए ।

‘दूरदराजका जनताका सवाल पत्रकारितामा कम आयो । स्थानीय विषयवस्तु कम भए । छापेबापत भन्दा नछापेबापत पत्रकारले बढी पाउन थाले । गम्भीर ढंगले पत्रकारिता भएन र भाइरलको पछि लाग्दै गयो भने पत्रकारिता अन्नतः मर्छ,’ उनको भनाइ छ । अन्तर्वार्ताका क्रममा पत्रकार पुरुषोत्तम दाहालले मिडिया समाजलाई नेतृत्व दिनेभन्दा समाजजस्तै बन्न थालेकोमा चिन्ता व्यक्त गरे ।

‘मिडियाका राम्रा पक्ष पनि छन् । मिडियाले प्रविधिमा फड्को मारेको छ । तर कन्टेन्टमा कमजोरी छ । पत्रकारितामा बेथिति पनि छन्,’ दाहालले भन्नुभयो, ‘आज नेताका अघि बसेर पत्रकार खुलेर कुरा गर्न डराउँछन् । नेताको घरमा एउटा अदव पालना गर्नुपर्ने अवस्था छ । यो मानसिक अवस्थाबाट पत्रकारिता र राजनीति दुवै मुक्त भएका छैनन् ।’

राजनीतिको मियो खराब भए त्यसका असर सबैतिर पर्ने बताउँदै उनले हाल पत्रकारिता खण्डित हुने अवस्थामा पुगेको बताए । ‘१२ सय एफएम मात्र छन् । यसको श्रोत जुटाउने हैसियत हामीसँग छ । २०० वढी टिभी छन् । कसरी चलाउने ? बेलामा तलव दिएका छैनन् । किनकी श्रोत जुटाउनै समस्या छ, दाहालले भने ।

देशमा उद्योग भएन भने मिडिया संस्थागत रुपमा चल्न नसक्ने बताउँदै उनले मिडिया खोल्नुअघि अनुसन्धान पनि नहुने र चिया पसल खोलेजस्तो मिडिया खुल्नुमा राज्यको नीतिपनि दोषी भएको बताए । उनले भने, ‘राज्यको दृष्टिकोण नै गलत छ । मिडियाले दलको होइन, विचारको राजनीति गर्नुपर्छ । पहिलो विचार स्वतन्त्रता हो स्वतन्त्रता खण्डित हुनेगरी पत्रकारिता गर्नुहुँदैन । यो क्रम जारी छ । यसलाई हटाउनुपर्छ,’ मिडिया कमिसनमा चलेको गम्भीर आरोप लगाउँदै उहाँले मिडिया हाउसहरु कमिसन खाएर बाँचेको आरोप पनि लगाए ।

‘काम नपाएपछि पत्रकार बन्ने, पत्रकारलाई सल्लाहकार राख्ने चलन बढ्यो । हरेक पालिकामा एउटा सल्लाहकार पत्रकार छ । उसले त्यहीबाट समाचार ब्लक गर्छ । त्यही भएर केही पत्रकारलाइ छाडे भन्ने हो भने पत्रकारहरु जिविकाको आधार पत्रकारिताको आम्दानी बन्न सकेन ।’ उनले भने ।

Advertisement

मिडिया हाउसले उद्देश्यअनुसारकै काम गरेमात्र पत्रकारको हैसियत सुधार हुने बताउँदै उहाँले नेपाली मिडिया उद्योग मिडिया खोलेर बाहिर लगानी गर्न थालेपछि बिग्रिएको दाबी पनि गरे । उनले अरुको स्वार्थमा लाग्दा पत्रकारिताको स्वार्थ मर्दै गएको बताउँदै राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा परेकाले यसलाई बचाउन पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top