NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

नेपाली पत्रकारितालाई राजनीति र कर्पोरेट स्वार्थबाट सबैभन्दा ठूलो खतरा

सोमवार बैशाख ३१ , २०८१
Reading Time: 1 min read
A A
नेपाली पत्रकारितालाई राजनीति र कर्पोरेट स्वार्थबाट सबैभन्दा ठूलो खतरा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ वैशाख , विराटनगर । 

राजनीतिज्ञ र पत्रकारिता क्षेत्रमा संलग्नहरुले राजनीतिक र कर्पोरेट स्वार्थका कारण नेपाली पत्रकारिताको विश्वास गुम्दै गएको भन्दै यी दुई आग्रहबाट पत्रकारिता क्षेत्र मुक्त हुनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की र पत्रकार पुरुषोत्तम दाहालले स्वार्थ र दलीय अस्थाबाट पत्रकारिता माथि उठेमात्र व्यावसाियक बन्ने बताउनुभएको हो ।

पूर्वसञ्चारमन्त्रीसमेत रहेका नेता कार्की र पत्रकार दाहाल दुवैले पत्रकारिताले राजनीतिलाई होइन राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा पर्न थालेको भन्दै पत्रकारितामा पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पत्रकारिता बचाउन राजनीतिक संयन्त्रको महत्वपूर्ण भुमिका हुने बताउँदै दलहरुले समेत पत्रकारिता बचाउन प्रण गर्नुपर्ने बताए ।

LS Auto

कार्कीले पत्रकारिताले राजनीतिलाई होइन राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा पर्न थालेको भन्दै पत्रकारितामा पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिए । पत्रकारितालाई दलगत आस्थाभन्दा माथि उठाउन अब प्रयास हुनुपर्ने उनको भनाइ छ ।

पत्रकार दाहालले दलपिच्छेका पत्रकार संगठन र अमुक पार्टीको हकहितका लागि धेरैजसो पत्रकार लागेका कारण पत्रकारितामा संकट गहिरिँदै गएको बताए । उनले भने , ‘दलैपिछेका पत्रकार संठठन भए । पत्रकार महासंघ चाहीँ महागठवन्धन बन्यो । महासंघमा पत्रकारको हकहितको भन्दा अमुक पार्टीको प्रतिनिधित्व गर्ने प्रचलन बस्यो जुन सच्चिनुपर्छ । छाता बाहेकका पत्रकारको संगठन हुनुहुँदैन ।’

नेता कार्कीले विगतमा जस्तो नेतासँग बोल्दापनि ‘हुकुम होस्’ त भन्ने खालको पत्रकारिताले धेरै फड्को मारेको भएपनि मुद्दामा आधारित पत्रकारिता भने अझै फष्टाउन नसकेकोमा चिन्ता व्यक्त गरे । ‘राजनीतिको प्रभाव पत्रकारितामा पनि पर्छ । हिजो मिसन पत्रकारितामा प्रभाव अवस्य थियो । तर आज राजनीतिले पनि कमाण्ड गर्न सकेन ।

पत्रकारिताले पनि यसमा कम काम गरेको छ,’ उनले भने नेता कार्कीले पत्रकारिता पेशाप्रति विश्वास घट्दै जानुमा राजनीतिक संयन्त्रमात्र नभएर पत्रकारसमेत जिम्मेवार रहेको दाबी गरे । ‘संसदमा समेत नेताका आफ्ना पत्रकार छन् । आफ्नो मान्छे बोल्न थालेपनि फोटो शुरु हुन्छ आफ्नो कथा आफैँ लेखाउने पकेट जर्नालिजम मौलाएको छ ।’ उनले भने, ‘नेताका आफ्ना मिडिया छन् जसले आफ्नै कुरामात्र बोल्छन् । नेपालमा यो खाले स्वतन्त्रताको हद नाघेको छ कतै नटिक्ने हो कि भन्ने चिन्ता छ ।’

उनले कर्पोरेट हाउसहरुको एकाधिकार मिडियामा कायम हुने खतरा पनि उत्तिकै देखिन थालेको भन्दै सरकारले जनताका पक्षमा लेख्ने मिडियालाई प्रोत्साहित गर्ने हो भने जनताले पनि मिडियाको विश्वास गर्ने अवस्था बन्ने बताए । ‘तर मिडियाले विषयवस्तुमा स्थायी दृष्टिकोण नै बनाएनन् । एकसाता अघि एउटा होटल खराब हुन्छ, त्यही होटल अर्को हप्ता आरामदायी हुन्छ कन्टेन्टमा, यसरी विस्वास गुम्दैछ पत्रकारिताको’ कार्कीको बुझाइ छ ।

राज्यका सबै अंगमाथि प्रश्न उठेका बेला मिडियाले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बेलामा मिडियाले ठीक बोल्छ भनेर जनतालाई विश्वास दिलाउने गरी पत्रकारिता गर्न जरुरी भएको भन्दै उहाँले यसमा मिडिया गम्भीर बन्नुपर्ने बताए । उनले समानुपातिक विज्ञापन नीति लागू हुने र लोककल्याणकारी विज्ञापनको पारदर्शी वितरण भयो भने पनि पत्रकारिता बाँच्न सक्ने भन्दै भाषण पत्रकारिता र सिंहदरबार केन्द्रित विषयवस्तु मात्र पत्रकारितामा आउन नहुने बताए ।

‘दूरदराजका जनताका सवाल पत्रकारितामा कम आयो । स्थानीय विषयवस्तु कम भए । छापेबापत भन्दा नछापेबापत पत्रकारले बढी पाउन थाले । गम्भीर ढंगले पत्रकारिता भएन र भाइरलको पछि लाग्दै गयो भने पत्रकारिता अन्नतः मर्छ,’ उनको भनाइ छ । अन्तर्वार्ताका क्रममा पत्रकार पुरुषोत्तम दाहालले मिडिया समाजलाई नेतृत्व दिनेभन्दा समाजजस्तै बन्न थालेकोमा चिन्ता व्यक्त गरे ।

‘मिडियाका राम्रा पक्ष पनि छन् । मिडियाले प्रविधिमा फड्को मारेको छ । तर कन्टेन्टमा कमजोरी छ । पत्रकारितामा बेथिति पनि छन्,’ दाहालले भन्नुभयो, ‘आज नेताका अघि बसेर पत्रकार खुलेर कुरा गर्न डराउँछन् । नेताको घरमा एउटा अदव पालना गर्नुपर्ने अवस्था छ । यो मानसिक अवस्थाबाट पत्रकारिता र राजनीति दुवै मुक्त भएका छैनन् ।’

राजनीतिको मियो खराब भए त्यसका असर सबैतिर पर्ने बताउँदै उनले हाल पत्रकारिता खण्डित हुने अवस्थामा पुगेको बताए । ‘१२ सय एफएम मात्र छन् । यसको श्रोत जुटाउने हैसियत हामीसँग छ । २०० वढी टिभी छन् । कसरी चलाउने ? बेलामा तलव दिएका छैनन् । किनकी श्रोत जुटाउनै समस्या छ, दाहालले भने ।

देशमा उद्योग भएन भने मिडिया संस्थागत रुपमा चल्न नसक्ने बताउँदै उनले मिडिया खोल्नुअघि अनुसन्धान पनि नहुने र चिया पसल खोलेजस्तो मिडिया खुल्नुमा राज्यको नीतिपनि दोषी भएको बताए । उनले भने, ‘राज्यको दृष्टिकोण नै गलत छ । मिडियाले दलको होइन, विचारको राजनीति गर्नुपर्छ । पहिलो विचार स्वतन्त्रता हो स्वतन्त्रता खण्डित हुनेगरी पत्रकारिता गर्नुहुँदैन । यो क्रम जारी छ । यसलाई हटाउनुपर्छ,’ मिडिया कमिसनमा चलेको गम्भीर आरोप लगाउँदै उहाँले मिडिया हाउसहरु कमिसन खाएर बाँचेको आरोप पनि लगाए ।

‘काम नपाएपछि पत्रकार बन्ने, पत्रकारलाई सल्लाहकार राख्ने चलन बढ्यो । हरेक पालिकामा एउटा सल्लाहकार पत्रकार छ । उसले त्यहीबाट समाचार ब्लक गर्छ । त्यही भएर केही पत्रकारलाइ छाडे भन्ने हो भने पत्रकारहरु जिविकाको आधार पत्रकारिताको आम्दानी बन्न सकेन ।’ उनले भने ।

मिडिया हाउसले उद्देश्यअनुसारकै काम गरेमात्र पत्रकारको हैसियत सुधार हुने बताउँदै उहाँले नेपाली मिडिया उद्योग मिडिया खोलेर बाहिर लगानी गर्न थालेपछि बिग्रिएको दाबी पनि गरे । उनले अरुको स्वार्थमा लाग्दा पत्रकारिताको स्वार्थ मर्दै गएको बताउँदै राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा परेकाले यसलाई बचाउन पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

Tags: #नेपाली पत्रकारिता

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.