×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रियसभा बैठक : पाँच विधेयक पारित

३१ भाद्र २०७५

काठमाडौँ, भदौ ३१
राष्ट्रियसभाको आजको तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘सार्वजनिक सुरक्षा(तेस्रो संशोधन) विधेयक, २०७५’ र ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गरेको ‘जातीय भेद्भाव तथा छुवाछुत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित भएको छ ।

Advertisement
Advertisement

Advertisement

त्यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले चार विधेयक प्रतिनिधिसभाको शनिबार र आइतबारको बैठकले पारित गरेको जानकारी दिएका थिए । ती विधेयकमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी(पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ र ‘अपराधपीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ छन् । राष्ट्रियसभाको अर्को बैठक असोज ४ गते बिहान ११ः०० बजे बस्नेछ ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top