५ जेठ , एजेन्सी ।
म्यानचेष्टर सिटीका पहिलो रोजाईका ब्राजिली गोलरक्षक एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् । उनले आँखाको सकेट फ्रयाक्चर भएकोले दुई महत्वपूर्ण खेल गुमाउने भएका हुन् । मंगलबार टोटनहमका क्रिस्टियन रोमेरोसँग ठोक्किएपछि ३० वर्षीय ब्राजिलियन गोलकिपर टोटनहमविरुद्धको खेलमा ६९ मिनेटमा रिप्लेस भएका थिए ।
उक्त खेल सिटीले २–० ले जितेको थियो । एडर्सनको दाहिने आँखाको सानो सकेट भाँचिएको स्क्यान रिपोर्टले पुष्टि गरेको छ । मैदानबाट बाहिरनु परेपछि उनी दुखित थिए । मोराएसलाई प्रतिस्थापन गरेका स्टेफान ओर्टेगाले केही महत्वपूर्ण बचाउ गरेका थिए । लिग लिडर सिटीले आइतबार वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ ।
सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आँफु अनुकुल नतिजा निकाल्न सके लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्नेछ । आर्सनललाई च्याम्पियन बन्न एभर्टनविरुद्ध जित र अर्काे खेलमा सिटीले अंक गुमाउनुपर्ने हुन्छ । सिटीको ३७ खेलबाट ८८ तथा आर्सनलको ८६ अंक छ । गोल अन्तरमा पनि यि दुई टोलीबीच खासै भिन्नता छैन ।
यस्तै सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग २५ मेमा वेम्बलीमा खेल्नेछ । विगतका दुई सत्रमा लगातार खेलिरहेका ओर्टेगा नै युनाइटेडविरुद्ध पहिलो रोजाईमा खेल्ने सम्भावना छ । उक्त खेलमा एडर्सन टोलीमै रहने भएपनि प्रशिक्षक पेप गुआर्डीओलाको निर्णयमा भर पर्नेछ । ३१ वर्षीय जर्मन गोलकिपर ओर्टेगाले पछिल्लो दुई सिजन एएफ कप र काराबाओ कपको हरेक चरणमा खेलेका छन् ।