सिरोहियाका पक्षमा देउवा र बाबुराम, प्रचण्ड भन्छन् हल्ला नगर्नु

८ जेठ ८१, बुधबार

९ जेठ , काठमाण्डौ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा संचारमाध्यम र सामाजिक संजालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यो विषयमा राजनीतिक नेतृत्वले पनि धारणा सार्वजनिक गरेका छन् । सिरोहियाको पक्राउको विषयलाई लिएर प्रतिपक्षमा रहेका दलहरुले कडा आपत्ति जनाएका छन् ।

दलहरुले सिरोहिया पक्राउ प्रकरण गृहमन्त्री रवि लामिछानेको पूर्ण प्रतिशोधको परिणाम भएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी दलले त हिजै कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी हुनासाथ संसदमै यसबारे विरोध जनाएको थियो । लगत्तै काग्रेस सांसदहरु सिरोहियालाई भेटन पुगेका थिए ।

Advertisement

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि सामाजिक संजाल एक्समा आपत्ति जनाएका हुन् । ’कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो’ देउवाले लेखेका छन् ’मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ ।’

यसैगरी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गरेका छन् । डा. भट्टराईले जुनसुकै कारणले भए पनि सरकारले सिरोहियालाई पक्राउ गर्नु राम्रो नभएको टिप्पणी गरेका छन्। यसका लागि उनले जनयुद्धकालको स्मरण गराउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् ।

Advertisement

उनले लेखेका छन्, ‘अंग्रेजीमा एउटा भनाइ छ– ‘थ्यग कजयगमि लयत यलथि दभ नययम, थयग कजयगमि बउउभबच तय दभ नययम.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन । झन् विडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहियालगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमान्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौँ।

आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् । ’कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ ।

तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ’, अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको टिप्पणी गरेको छ ।

महासचिव घनश्याम भूसालले प्रेस विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको उल्लेख गरेका छन् । यस्तै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् । राउतले सामाजिक संजालमा टिप्पणी गर्दै यो प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्, ’कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो । रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस् ।’

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रुचिमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि प्रतिशोध साधिएको बताएका छन् । नेता रिजालले राज्यलाई प्रतिशोध साध्ने र उत्तेजित हुने छुट नभएको बताएका छन् । अध्यक्ष सिरोहियालाई पक्राउ गरिनुमा गृहमन्त्री लामिछानेको व्यक्तिगत रुचि हाबी देखिएको बताएका छन् ।

प्रतिपक्षले सिरोहिया पक्राउ प्रकरणमा सरकारमाथि प्रश्न उठाइरहेको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने बढ्ता होहल्ला गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका छन् । बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेशबाहेक आफूले अरू कुरा नजान्ने बताए ।

‘अदालतले प्रक्रिया अगाडी बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, प्रधानमन्त्रीको जवाफ छ । उनले सरकारले सिरोहियामाथि रिसइवी साँध्यो भन्ने आरोपको पनि खण्डन गरे । ‘त्यो गलत कुरा हो । उहाँ (कैलाश) सँग केको रिसिइवी ?’ प्रधानमन्त्रीको प्रश्न छ ।

गृहमन्त्री रवि लामिछाने सिरोहियाको सवालमा व्यक्तिगत रूपमै उत्रेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा मात्रै हो । अब उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । यो हल भइहाल्छ ।’ सिरोहियालाई दोहोरो नागरिकता प्रकरणमा धनुषा जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top