NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ? सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन सोमवार पुस २८ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी सोमवार पुस २८ , २०८२
कांग्रेसको विशेष महाधिवेशनःआज बन्दसत्र,देउवालाई हटाउन सक्ने सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

सिरोहियाका पक्षमा देउवा र बाबुराम, प्रचण्ड भन्छन् हल्ला नगर्नु

बुधबार जेष्ठ ९ , २०८१
Reading Time: 1 min read
A A
कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ जेठ , काठमाण्डौ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा संचारमाध्यम र सामाजिक संजालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यो विषयमा राजनीतिक नेतृत्वले पनि धारणा सार्वजनिक गरेका छन् । सिरोहियाको पक्राउको विषयलाई लिएर प्रतिपक्षमा रहेका दलहरुले कडा आपत्ति जनाएका छन् ।

दलहरुले सिरोहिया पक्राउ प्रकरण गृहमन्त्री रवि लामिछानेको पूर्ण प्रतिशोधको परिणाम भएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी दलले त हिजै कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी हुनासाथ संसदमै यसबारे विरोध जनाएको थियो । लगत्तै काग्रेस सांसदहरु सिरोहियालाई भेटन पुगेका थिए ।

LS Auto

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि सामाजिक संजाल एक्समा आपत्ति जनाएका हुन् । ’कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो’ देउवाले लेखेका छन् ’मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ ।’

यसैगरी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जाल एक्समार्फत सिरोहियालाई पक्राउ गरेर सरकारले गल्ती गरेको उल्लेख गरेका छन् । डा. भट्टराईले जुनसुकै कारणले भए पनि सरकारले सिरोहियालाई पक्राउ गर्नु राम्रो नभएको टिप्पणी गरेका छन्। यसका लागि उनले जनयुद्धकालको स्मरण गराउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् ।

उनले लेखेका छन्, ‘अंग्रेजीमा एउटा भनाइ छ– ‘थ्यग कजयगमि लयत यलथि दभ नययम, थयग कजयगमि बउउभबच तय दभ नययम.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन । झन् विडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहियालगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमान्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौँ।

आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् । ’कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ ।

तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ’, अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको टिप्पणी गरेको छ ।

महासचिव घनश्याम भूसालले प्रेस विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको उल्लेख गरेका छन् । यस्तै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् । राउतले सामाजिक संजालमा टिप्पणी गर्दै यो प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्, ’कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो । रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस् ।’

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रुचिमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि प्रतिशोध साधिएको बताएका छन् । नेता रिजालले राज्यलाई प्रतिशोध साध्ने र उत्तेजित हुने छुट नभएको बताएका छन् । अध्यक्ष सिरोहियालाई पक्राउ गरिनुमा गृहमन्त्री लामिछानेको व्यक्तिगत रुचि हाबी देखिएको बताएका छन् ।

प्रतिपक्षले सिरोहिया पक्राउ प्रकरणमा सरकारमाथि प्रश्न उठाइरहेको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने बढ्ता होहल्ला गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका छन् । बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नुभएको छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेशबाहेक आफूले अरू कुरा नजान्ने बताए ।

‘अदालतले प्रक्रिया अगाडी बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, प्रधानमन्त्रीको जवाफ छ । उनले सरकारले सिरोहियामाथि रिसइवी साँध्यो भन्ने आरोपको पनि खण्डन गरे । ‘त्यो गलत कुरा हो । उहाँ (कैलाश) सँग केको रिसिइवी ?’ प्रधानमन्त्रीको प्रश्न छ ।

गृहमन्त्री रवि लामिछाने सिरोहियाको सवालमा व्यक्तिगत रूपमै उत्रेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा मात्रै हो । अब उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । यो हल भइहाल्छ ।’ सिरोहियालाई दोहोरो नागरिकता प्रकरणमा धनुषा जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

Tags: #सिरोहियाका पक्षमा देउवा र बाबुराम#प्रचण्ड भन्छन् हल्ला नगर्नु#सिरोहिया पक्राउ

लोकप्रीय

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

निर्वाचन

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

सोमवार पुस २८ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
निर्वाचन

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.