पहिलो अभ्यास खेलमा नेपाल ६३ रनले पराजित

१४ जेठ ८१, मंगलबार

१५ जेठ , एजेन्सी ।

आइसिसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपाल आइसिसीले तय गरेको पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।

क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८३ रन बनायो । जितका लागि एक सय ८४ रनको लक्ष्य पाएको नेपालको पारी १९ दशमलव तीन ओभरमा एक सय २० रनमा समेटियो । नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात पाएपनि ठूलो स्कोर भने बनाउन सकेनन् ।

Advertisement

मध्य र तल्लोक्रमले भने बिर्सनलायक प्रदर्शन गरे । कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बल खेल्दै दुई चौका र दुई छक्का हाने । यस्तै अनिल साहले १६ बलमा २४, आसिफ शेखले २२ बलमा २२ तथा कुशल भुर्तेलले १६ बलमा १० रन बनाए । बलिङतर्फ क्यानडाका लागि डिलन हेलिगरले चार, साद बिन जाफर र जेरेमी गोर्डनले दुई दुई तथा कलिम साना र परगत सिंहले एक एक विकेट लिए ।

यसअघि क्यानडाका लागि ब्याटिङ गर्ने क्रममा निकोलस किर्तनले अर्धशतकीय पारी खेले । उनले ३९ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै रवीन्द्रपाल सिंहले १७ बलमा ४१ रन बनाए । उनले एक चौका र चार छक्का प्रहार गरे । नवनित धालिवालले २७ बलमा ३२, डिलन हेलिगरले १३ तथा परगत सिंहले १३ रन बनाए ।

Advertisement

बलिङतर्फ नेपालका लागि अविनाश बोहराले दुई तथा करण केसी, सागर ढकाल, सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल यही जेठ १७ गते अमेरिकासँग खेल्ने छ । जेठ १९ गतेदेखि सुरु हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पहिलो खेल जेठ २३ गते नेदरल्याण्डस्सँग खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top