पुटिनपछि कसले हाँक्छ रुस ? पुटिनले रोजे अंगरक्षक

१७ वैशाख ,एजेन्सी ।

रुसी राष्ट्रपति पुटिन पाँचौं पटक रुसको सत्तामा आएका छन् । अहिले उनको उत्तराधिकारीको बारेमा अड्कलबाजी भइरहेको छ । बुधवार रूसी राष्ट्रपतिले आफ्ना पूर्व अंगरक्षक अलेक्सी ड्युमिनलाई सल्लाहकार राज्य परिषदको सचिवमा नियुक्त गरेका छन् । यो कदमले अब उनको रूसी राष्ट्रपतिको सम्भावनाको बारेमा अनुमान बढाएको छ।

पुटिन अर्को ६ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले ५१ वर्षीय डुमिनलाई रक्षा उद्योगको रेखदेख गर्ने जिम्मेवारी दिएका छन् । यसले उनलाई मस्को र शक्तिको केन्द्रको नजिक ल्याएको छ। ड्युमिनलाई राज्य परिषदमा नियुक्त गर्ने पुटिनको आदेश बुधबार क्रेमलिनको वेबसाइटमा प्रकाशित भएको थियो।

तर, उनको नयाँ भूमिकाको बारेमा भने कुनै जानकारी दिइएको छैन । “रूसको कुलीन वर्ग राज्य परिषदको सचिवको रूपमा डुमिनको नियुक्तिबाट उत्साहित छ,“ क्रेमलिनका पूर्व सल्लाहकार र पुटिन समर्थक सर्गेई मार्कोभले टेलिग्राममा भनेका छन् । “यसलाई पुटिनले रोजेका ड्युमिन रुसको भावी राष्ट्रपति हुन् भन्ने पुष्टिको रूपमा हेरिएको छ,“ मार्कोभले भनेका छन् ।

उनले यो कुरा लामो समयदेखि चर्चामा रहेको बताएका छन् । तर, पुटिनको उत्तराधिकारी को हुनसक्छन् भन्ने कुरा सार्वजनिक रूपमा खुलेको छैन। पुटिन अहिले ७१ वर्षका छन् र आगामी केही वर्षसम्म शासन गर्ने अपेक्षा गरिएको छ। उनको हरेक भेटघाटमा विश्वको नजर छ। उनले कसैलाई पनि राष्ट्रपतिको सम्भावित उम्मेदवार बनाउन सक्ने विश्वास गरिएको छ ।

ड्युमिनको नियुक्तिको बारेमा सोध्दा, क्रेमलिनले भने एक रोटेशनको हिस्सा भएको बताएको छ । उनले ७२ वर्षीय इगोर लेभिटिनबाट अब पदभार ग्रहण गर्नेछन्। ड्युमिनको कुर्स्कमा १९७२ मा जन्म भएको थियो। उनका बुबा सेनामा डाक्टर थिए र आमा शिक्षिका थिइन्। सन् १९९५ मा उनी फेडरल गार्ड सर्भिस (एफएसओ) मा भर्ना भए । उनी राष्ट्रपति बोरिस येल्तसिन र प्रधानमन्त्री भिक्टर चेर्नोमार्डिन दुवैका अंगरक्षक थिए।

अगस्ट १९९९ देखि ड्युमिनले पुटिनको पहिलो र दोस्रो कार्यकालमा राष्ट्रपतिको अंगरक्षकको रूपमा सेवा गरे । २०१२ मा उनलाई राष्ट्रपतिको अंगरक्षकको उपप्रमुख नियुक्त गरिएको थियो। २०१४ मा उनी रूसी सैन्य गुप्तचरको उपप्रमुख बने। उनी युक्रेनको क्रिमिया रुसमा विलय गर्ने प्रमुख व्यक्तिहरू मध्ये एक थिए। सन् २०१५ मा उनी उपरक्षामन्त्री बनेका थिए ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top