रुसमा मारिएका नेपालीको अस्तु ल्याइँदै

१७ वैशाख ,  एजेन्सी ।

रुसको मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिएकामध्ये तीनजनाको अस्तु नेपाल पठाउने भएको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये परिवारको सहमति र दूतावासको पहलमा तीनजनाको रुसमै अन्त्येष्टि गरिएको थियो ।

परिवारको सहमतिमा रुसमै अन्त्येष्टि गरिएकामा स्याङ्जाका प्रितम कार्की, कास्कीका देवान राई र स्याङ्जाका हरि अर्याल छन् । परराष्ट्र मन्त्रालयका अनुसार तीनजनाको अस्तु अहिले मस्कोस्थित नेपाली दूतावासमा राखिएको छ । “दूतावासले छिट्टै प्रक्रिया पूरा गरेर तीनजनाको अस्तु काठमाडौं पठाउँदै छ,” परराष्ट्रका एक अधिकारीले बताए ।

Advertisement

यस्तै, रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएकामध्ये ६ जनालाई क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । मृतकको क्षतिपूर्तिका लागि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत कागजात रुस पठाइएको छ ।

मृत्यु भएकामध्ये पहिलो चरणमा स्याङ्जाका कार्की, कास्कीका राई, सन्दीप थपलिया, रुपक कार्की (कपिलवस्तु), गंगाराम मोक्तान (इलाम) र राजकुमार रोका (दोलखा)को परिवारलाई रुसले क्षतिपूर्ति रकम उपलब्ध गराउने छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top