ढल्केबर–भोक्राहा प्रसारण लाइनको परीक्षण शुरु, टावरहरूमा नचढ्न, नछुन अनुरोध

२ असार ८१, आइतबार

२ असार, काठमाडौँ ।

ढल्केबर–भोक्राहा विद्युत् प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह परीक्षण शुरु भएको छ ।

ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा समाहित गर्न धनुषाको ढल्केबर सबस्टेशनबाट सुनसरीको भोक्राहामा रहेको सबस्टेशनसम्म डबल सर्किट प्रसारण लाइनबाट ४०० केभी क्षमताको विद्युत् प्रवाह गरी परीक्षण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणले प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा तथा खतरा सङ्केत जनाइएका वस्तुहरूलाई नछुन र आफ्ना बालबालिकालाई समेत सचेत गराउन अनुरोध गरेको छ ।

साथै परीक्षणका क्रममा कुनै ठाउँमा करेन्ट आएमा वा झिल्का देखिएमा तथा कुनै खतरा देखिएमा नजिकको प्रहरी चौकीमा वा नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा खबर गर्न प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाले निर्माण गरेको ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । अ

ब परीक्षण गरेपछि प्रसारण लाइन सञ्चालनमा ल्याइने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनको रुटमा धनुषाको मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिका पर्छन् ।

यस्तै सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका र लहान नगरपालिका पर्छन् ।

यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, अग्नीसाइर गाउँपालिका, रुपनगर कञ्चनपुर नगरपालिका र सप्तकोशी नगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा सुनसरीको सुनसरी बराहक्षेत्र नगरपालिका, रामधुनी गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका प्रसारण लाइनको रुटमा पर्दछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top