ट्याङ्कर व्यवसायीको आन्दोलनका कारण पेट्रोल–डिजेलको अभाव

३ असार, काठमाडौँ।

ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घ/संस्थाको आन्दोलनका कारण काठमाण्डौमा पेट्रोल–डिजेलको अभाव भएको छ । कतिपय पम्प बन्द छन् ।

पेट्रोल पम्प बन्द हुँदा उपभोक्तालाई सास्ती भएको छ । थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरू व्यवसायीले रोकेका छन् ।

Advertisement

खाद्य वस्तुसरह पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । यी वस्तु ढुवानी वा बिक्री/वितरणमा अवरोध गर्न पाइन्न । तर नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेको छ ।

चालक, सहचालकलाई श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थालगायत सात बुँदे माग राखेर उनीहरूले हिजोदेखि थानकोट डिपोबाट इन्धन उठाएका छैनन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले समस्या समाधान गर्न नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बद्ध निकायसँग पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् । समस्या समाधान र श्रमिकको मागबारे अहिले छलफलमा जुटेको पनि उनले जानकारी दिए।

अधिकांश निजी पम्पमा पेट्रोल छैन भन्ने सूचना टाँस गरिएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पेट्रोलिम मजदुरले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुसँग बिक्री गर्न पेट्रोल नभएको हो ।

मजदुरको माग बारे अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल हुन लागेको समेत उनले जानकारी दिए । ‘हामी मन्त्रालयमा छौं, केही बेरमा छलफल सुरु हुन्छ,’ उनले भने ।

यसअघि मजदुरहरुले सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलवको व्यवस्था गर्न माग गरेका छन् ।

स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न समेत माग गरिएको छ ।

टेम्प्रेचरको सही व्यवस्थापन गरिनु पर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनु पर्ने, ५० लिटर भन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनु पर्ने माग समेत गरिएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत संघले ३२ जेठमा कालोपट्टी बाँध्ने, १ असारका दिन गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र २ असारमा पूर्ण रुपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई हस्तान्तरण गर्ने गरी तय गरेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top