×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

निर्देशक सुदर्शन थापासहित तीन जनाविरुद्ध डेढ करोड ठगी मुद्दा दायर

४ असार २०८१

३ असार, काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

Advertisement
Advertisement

२१ जेठमा प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो ।

त्यसपछि उनलाई २३ जेठमा हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो । यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरु तीन जनाविरुद्ध ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । सो फिल्म निर्माण गर्दा थापा निर्देशक र श्रेष्ठ सम्पादक थिए ।

छायांकनको काम सकिएपछि सम्पादन गर्नुपर्ने जिम्मा मिलनको थियो । त्यसपछि इनकमिङको लागि डीसीएन कम्पनीमा पठाउने र डीसीएनले नै विभिन्न डिजिटल कम्पनीहरुलाई बिक्री गरी सम्झौताको प्रतिलिपी र मुञ्जुरीनामा दिएपछि उनहिरुले सम्झौता विपरीत काम गरेको आरोप निर्माता बस्नेतले लगाएका थिए ।

निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर निर्मातालाई कुनै जानकारी नै नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख बराबरको हानी पु¥याएको आरोप लगाइएको थियो ।

निर्माताको जानकारी र अनुमति बिनै ओएसआरले १९ फागुन २०७९ मा चलचित्र प्रदर्शन गरेको, अमेरिका, अष्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा समेत आफूखुसी बिक्री वितरण गरेर आपराधिक विश्वासघात गरेकोे निर्माताको आरोप थियो ।

अनुमतिबिना ओएसआरको युट्युबबाट चलचित्रमार्फत ६० लाख, विदेशी मुलुकहरुबाट ९० लाख गरी १ करोड ५० लाख समेत आर्जन गरेर ठगी गरेको निर्माता बस्नेतको आरोप थियो ।

Advertisement

विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ । १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिका साथै ७ वर्षसम्मको कैद मागदाबी गरिएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top