प्रचलित कानुनको पूर्ण परिपालना गर्न सहकारीहरुलाई विभागको आग्रह

४ असार ८१, मंगलबार

४ असार, काठमाडौँ ।

Advertisement

सहकारी विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ।

कानुनको परिपालना गर्दै सदस्यको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशील रहन विभागले सहकारीलाई आग्रह गरेको हो ।

Advertisement

विभागले सूचना निकालेर सहकारीबाट लिएको ऋण समयमै भुक्तानी गर्नसमेत सदस्यलाई आग्रह गरेको छ ।

सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो, त्यही बमोजिम ऋणको साँवाब्याजलगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तानी गरी जिम्मेवार सदस्यको दायित्व पूरा गर्न विभागको आग्रह छ ।

Advertisement

सहकारी संस्थामा सदस्यको बचत रकम नै कर्जाका रूपमा प्रवाह हुने र ऋणी सदस्यले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज चुक्ता नगर्दा सदस्यको बचत फिर्तामा नकारात्मक असर परेकोतर्फ विभागले ध्यानाकर्षण गराएको छ ।

यस्तै अब एक महिनाभित्र सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस प्रणाली) मा आबद्ध नहुने सहकारी संस्थाको दर्ता खारेज हुने भएको छ ।

विभागले एक महिनाभित्र अनिवार्य आबद्धताका लागि सूचना जारी गर्दै निर्देशनको अटेर गरे कानुनबमोजिम दर्ता खारेजीसम्मको कारबाही गरिने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top