Nepal Times
Nepal Times
3
Shares

कतारबाट अवैध सुन ल्याएको आरोपमा तीन जना प*क्रा*उ

कतारबाट अवैध सुन ल्याएको आरोपमा तीन जना प*क्रा*उ

७ असार, काठमाडौँ ।

कतारबाट अवैध सुन ल्याएको आरोपमा तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ का २५ वर्षीय अन्जिल गुरुङ छन् ।

कतारबाट आएको हिमालय एयरको जहाजमार्फत उनीहरुले भन्सार छलेर ८१ ग्रामभन्दा बढी सुन ल्याएको आरोप लागेको छ ।

कतारबाट–६ असारमा आएका खाँलाई सिनामंगलबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन भेटिएको थियो ।

जिन्स पाइन्टको कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर उनले कतारदेखि सुन ल्याएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

खाँले ल्याएको सुन रिसिभ गर्न आएको अवस्थामा परियार र गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले हातमा लगाउने चेन र औठीको आकारमा भन्सार छलेर सुन ल्याएको आरोप लागेको छ ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.