Nepal Times
Nepal Times
3
Shares

दीपेन्द्र सिंह ऐरीले यूएईको आईएल टी-२० लिग खेल्ने

दीपेन्द्र सिंह ऐरीले यूएईको आईएल टी-२० लिग खेल्ने

७ असार, काठमाडौँ ।

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी-२० लिग खेल्ने भएका छन् ।

यूएईको इन्टरनेसनल लिग टी-२० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो ।

६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर ऐरीसहित लिस्ट सार्वजनिक गरेको छ ।

ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टबाट आईएल लिग खेलेका थिए ।

ऐरीले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी १० र क्यानडाको ग्लोबल टी २० लिग खेलिसकेका छन् । क्यानडा ग्लोबल टी २० लिगमा उनी सम्मिलित मन्टेरियल टाइगर्स च्याम्पियनसमेत बनेको थियो ।

दीपेन्द्र सिंह ऐरी

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.