×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

नेपाली टोलीले लेबनानमा नखेल्ने, इजरेलको डर

१७ असार २०८१

१६ असार, एजेन्सी ।

लेबनानमा हुन लागेको सेडास वुमन इन्टरनेशनल टुर्नामेन्टमा सहभागिता जनाउन तयारी गर्दै गरेको नेपालले अब सो प्रतियोगिता नखेल्ने भएको छ । लामो समयदेखि हमास विद्रोहीसँग युद्ध लडिरहेको इजरायलको छिमेकी देश लेबनानमा पनि संघर्ष चर्किने सम्भावना बढ्दै गएपछि नेपाली टोली रोकिएको हो । युद्धको जोखिमकै बीच आयोजक राष्ट्र लेबनानामा चार देश सम्मिलित ‘सेडास वुमन इन्टरनेशनल टुर्नामेन्ट’ हुन लागेको हो ।

Advertisement
Advertisement

सोही कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक देश लेबननमा विकसित भएको घटनाक्रमबाट खेलाडीहरूको सुरक्षामा प्रश्न उठेको भन्दै नेपाली महिला फुटबल टोलीलाई त्यहाँ नपठाउने निर्णय गरेको जनाएको छ । ‘लेबननमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघले लेबननमा जुलाई ८ देखि १६ सम्म हुने ‘से डास वुमन इन्टरनेशनल टुर्नामेन्ट’प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ एन्फाले भनेको छ ।

प्रतियोगितामा आयोजन बेलनन, जोर्डन, बंगलादेश र नेपाल सहभागी हुँदै थिए । बंगलादेशले यसअघि नै सुरक्षाको कारण देखाउँदै प्रतियोगितामा भाग नलिने निर्णय गरिसकेको थियो । एन्फाले उक्त प्रतियोगिताका लागि लामो तयारी गर्दै खेल्न जाने टोली समेत घोषणा गरिसकेको थियो । तर, इजरायलमा जारी युद्ध चर्किदै गएपछि त्यसको असर छिमेकी देश लेबननमा पनि पर्ने भन्दै नेपाल र बंगलादेश उक्त प्रतियोगिताबाट पछि हटेका हुन् ।

एन्फाले महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने समेत आश्वासन दिएको छ । ‘नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तत्पर रहेको र निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइनेछ,’ एन्फाले भनेको छ । नेपालले आउँदो कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top