×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

नयाँ सरकार कसरी बन्छ ? ओलीका लागि संविधान बाधक !

१९ असार २०८१

१८ असार, काठमाण्डौ।
नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छाड्न लागेको हो । मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न आग्रह गरेका छन् । तर प्रधानमन्त्रीले राजीनामाको साटो विश्वासको मतका लागि पहल गर्ने निर्णय गरेपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

Advertisement
Advertisement

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् । यससंगै १८ महिना अघि गठन भएको प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ । सत्तारुढ एमाले वा कुनै दलले सरकारको समर्थन फिर्ता लिएपछि अब अर्को सरकार गठनको संवैधानिक प्रक्रिया शुरु हुने देखिन्छ ।

गएरातिको सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ । तर उनले तत्काल राजीनामा नदिने निर्णय गरेपछि सत्तारुढ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

त्यसो हुँदा अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाएर फिर्ता बोलाउने छ । नेपालको संविधानको धारा १०० मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

उनले राजीनामा नदिए बढीमा १८ साउनसम्म प्रचण्ड सरकार कायम हुने सम्भावना रहन्छ । प्रधानमन्त्री दाहालले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर उनी पदमुक्त भएमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६(१) मा प्रतिनिधिसभामा बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

अहिले प्रतिनिधिसभामा कसैको पनि स्पष्ट बहुमत नभएकाले धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । संविधानको धारा ७६(२) मा दुई वा त्यो भन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । कतिपयले भने अब संविधानको धारा ७६(३)को सरकार गठन प्रक्रिया अघि बढ्ने जिकिर गरेका छन् ।

संविधानको धारा ७६(३)मा दुई वा बढी दलले संयुक्त सरकार बनाउन नसकेमा प्रतिनिधिसभामा सबैभन्दा बढी सिट भएको दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने व्यवस्था छ । यो व्यवस्था वमोजिम दलहरु बीचको समझदारी अनुशार ओली अघिल्लो २ वर्ष प्रधानमन्त्री बन्ने भनिएपछि ठूलो दलको हैसियतमा देउवा प्रधानमन्त्री बन्ने छन् ।

१० पुस, २०७९ मा पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा अनि प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेमा धारा ७६(३) अनुसारको प्रक्रिया अनुसार शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री हुने कतिपयको तर्क छ ।

प्रतिनिधिसभा विघटन र प्रदेश सरकार गठनका केही विवादमा सर्वोच्च अदालतले विश्वासको मत पाएको प्रधानमन्त्रीले राजीनामा दिएमा वा पदमुक्त भएमा फेरि शुरुदेखि नै सरकार गठनको प्रक्रिया शुरु गर्नुपर्ने भनी व्याख्या गरेको थियो । मनमोहन अधिकारीको पालामा भएको प्रतिनिधिसभा विघटनदेखि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिँदा सर्वोच्च अदालतले अर्को सरकार गठन हुने विकल्प भएसम्म मध्यावधि निर्वाचनमा जान नहुने व्याख्या गरेको थियो ।

Advertisement

प्रतिनिधिसभाको प्रमुख काम नै सरकार बनाउने भएकाले सरकार दिन नसकेमा मात्रै विघटनमा जाने मान्यता स्थापित भएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top