NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी मङ्लबार कार्तिक ११ , २०८२
मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’ मङ्लबार कार्तिक ११ , २०८२
Next
Prev

समाचार

कैलाली कञ्चनपुरमा भारी वर्षा, महाकालीमा सवारी चलाउन रोक

आइतवार असार २३ , २०८१
Reading Time: 1 min read
A A
बाढीबाट जलविद्युत्मा रू. १० अर्बको क्षति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ असार, काठमाण्डौ ।

कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले नदी किनारा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाबाट भारी वर्षा हुने सूचना प्राप्त भएको उल्लेख छ ।

यसै गरी जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारीद्धारा हस्ताक्षरित सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौंबाट प्राप्त सूचना अनुसार कैलाली र कञ्चनपुर जिल्लामा भारी वर्षा हुने सम्भावना देखिएको भन्ने जानकारी प्राप्त भएकाले नदी किनार र तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।

LS Auto

कैलालीको कैलारी, भजनी, घोडाघोडी, लम्की चुहा, जोशीपुर लगायतका क्षेत्र जलमग्न भएका छन् । यहाँ केही दिनबाट परिरहेको अबिरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ । उता लगातारको वर्षापछि पहिरो खस्दा सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण पहिरो खस्दा बझाङ, बैतडी, दार्चुला, अछाममा सडक विभिन्न स्थानमा अवरूद्ध छ । बझाङमा तमैलमा खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध छ । दार्चुलामा पनि मालिकार्जुन नगरपालिका–२ को पनेबाजमा पहिरो जाँदा जिल्ला जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ तर्फको ढोल्यामोड बझाङ खोड्पे सडकखण्ड अवरुद्ध भएको छ ।

यस्तै अछामको साफे–मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका–१३ को बुढाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध छ । लगातारको वर्षाका कारण सेती नदीमा पानीको वहाब बढेर केही बस्तीमा बाढी पस्दा बझाङ र बैतडीका केही गाउँका स्थानीयहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।

शनिबार थलारा गाउँपालिका–९ झ्याँबगर गाउँमा बाढी पसेपछि त्यहाँका १४ परिवार विस्थापित भएका छन् । यस्तै बैतडीको सीगास गाउँपालिका ढुंगाडका ६० घरिवरिवारले सेती नदीमा बाढी आएपछि घर छाडेका छन् । ठूला नदीसंगै स–साना खहरे खोलामा पनि पानीको बहावका कारण बस्ती जोखिममा छन् ।

दार्चुलाको मार्मा गाउँपालिकाको ४ र ५ नम्बर वडाका १६ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यहाँ गन्याड खोलामा आएको बाढीले बस्तीमा पानी पस्ने खतरा छ । पानी पर्नेक्रम बढ्दै गएकाले सावधानी अपनाउन प्रशासनले आग्रह गरिएको छ । उता महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल)मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए ।

आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६६० क्युसेक रहेको छ । “शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ,” उनले भने । शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो ।

बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।

Tags: #कैलाली कञ्चनपुरमा भारी वर्षा#महाकालीमा सवारी चलाउन रोक

लोकप्रीय

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२

विचार

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२

थप समाचार

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल
ताजा समाचार

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.