×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

कैलाली कञ्चनपुरमा भारी वर्षा, महाकालीमा सवारी चलाउन रोक

२४ असार २०८१

२३ असार, काठमाण्डौ ।

कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले नदी किनारा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाबाट भारी वर्षा हुने सूचना प्राप्त भएको उल्लेख छ ।

Advertisement
Advertisement

यसै गरी जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारीद्धारा हस्ताक्षरित सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौंबाट प्राप्त सूचना अनुसार कैलाली र कञ्चनपुर जिल्लामा भारी वर्षा हुने सम्भावना देखिएको भन्ने जानकारी प्राप्त भएकाले नदी किनार र तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।

कैलालीको कैलारी, भजनी, घोडाघोडी, लम्की चुहा, जोशीपुर लगायतका क्षेत्र जलमग्न भएका छन् । यहाँ केही दिनबाट परिरहेको अबिरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ । उता लगातारको वर्षापछि पहिरो खस्दा सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण पहिरो खस्दा बझाङ, बैतडी, दार्चुला, अछाममा सडक विभिन्न स्थानमा अवरूद्ध छ । बझाङमा तमैलमा खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध छ । दार्चुलामा पनि मालिकार्जुन नगरपालिका–२ को पनेबाजमा पहिरो जाँदा जिल्ला जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ तर्फको ढोल्यामोड बझाङ खोड्पे सडकखण्ड अवरुद्ध भएको छ ।

यस्तै अछामको साफे–मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका–१३ को बुढाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध छ । लगातारको वर्षाका कारण सेती नदीमा पानीको वहाब बढेर केही बस्तीमा बाढी पस्दा बझाङ र बैतडीका केही गाउँका स्थानीयहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।

शनिबार थलारा गाउँपालिका–९ झ्याँबगर गाउँमा बाढी पसेपछि त्यहाँका १४ परिवार विस्थापित भएका छन् । यस्तै बैतडीको सीगास गाउँपालिका ढुंगाडका ६० घरिवरिवारले सेती नदीमा बाढी आएपछि घर छाडेका छन् । ठूला नदीसंगै स–साना खहरे खोलामा पनि पानीको बहावका कारण बस्ती जोखिममा छन् ।

दार्चुलाको मार्मा गाउँपालिकाको ४ र ५ नम्बर वडाका १६ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यहाँ गन्याड खोलामा आएको बाढीले बस्तीमा पानी पस्ने खतरा छ । पानी पर्नेक्रम बढ्दै गएकाले सावधानी अपनाउन प्रशासनले आग्रह गरिएको छ । उता महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल)मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए ।

आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६६० क्युसेक रहेको छ । “शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ,” उनले भने । शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो ।

Advertisement

बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top