Nepal Times
Nepal Times
3
Shares

मेसी सेमिफाइनल खेल्न फिट छन् ?

मेसी सेमिफाइनल खेल्न फिट छन् ?

२५ असार, विराटनगर ।

कोपा अमेरिका फुटबलअन्तर्गत भोलि विहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा विश्व च्याम्पियन अर्जेन्टिनालाई रोक्दै क्यानडा पहिलो पटक फाइनलमा स्थान बनाउने दाउमा रहेको छ । एउटै समूहका यी दुई टोलीबीच भोलि बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा एक अर्काविरुद्ध खेल्दैछन् । पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

कतार विश्वकपको च्याम्पियन अर्जेन्टिना पनि इक्वेडरलाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । समूह चरण अन्तरगत उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो । त्यपछि सुधारिएको प्रदर्शन गरेको क्यानडा लयमा देखिएको छ । समूह चरणमा पेरुलाई १–० ले हराएको क्यनाडा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

अर्जेन्टिना भने शतप्रतिशत जित निकाल्दै सेमिफाइनला पुगेको हो । उसले पेरुलाई २–० र चिलीलाई १–० ले रोकेको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी लयमा छैनन् । चोटग्रस्त उनले इक्वेडरसँगको खेलमा पेनाल्टी मिस गरेका थिए । उनले जारी प्रतियोगितामा एक गोल पनि गर्न सकेका छैनन् । यसैबीच मेसीले आगामी खेलहरु खेल्ने कि नखेल्ने अन्यौलकाबीच उनी सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् ।

मेसीको ह्याम्स्ट्रिङको चोटको विषयमा चासो भइरहे पनि उनी क्यानडाविरुद्ध खेल्न फिट रहेको प्रशिक्षक स्कालोनीले बताएका छन् । समूह चरणको अन्तिम खेल नखेलेका मेसीले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दा पूरै समय खेलेका थिए । ३७ वर्षीय मेसीले इक्वेडरविरुद्ध पेनाल्टी सुटआउटमा पहिलो पेनाल्टी हाने पनि गोल गर्न सकेनन् ।

‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको खेलमा उनी खेल्नेछन् । हामी शान्त छौं,’ स्कालझनीले सोमबार भएको प्रेस कन्फ्रेन्समा भने, ‘उनले लेभल राम्रो देखिएको छ र उनी हामीलाई आवश्यक छन् ।’ साविक विजेतासमेत रहेको अर्जेन्टिना १६औँ टाइटलको नजिक पुग्दा उसलाई रोक्ने दाउँमा क्यानडा रहेको छ ।

क्यानडाले भने पहिलो पटक कोपा अमेरिका खेल्दैछ । यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग । उरुग्वे र कोलम्बियाबीचको खेल भने बिहीबार बिहान हुनेछ । आउँदो सोमबार फाइनल हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.