ओली प्रधानमन्त्री भएपछि के भन्छन्, भारतीय मिडिया ?

३१ असार, काठमाण्डौ ।

नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । सोमबार सामाजिक संजाल एक्समार्फत मोदीले ओलीलाई बधाई दिएका हुन् । नयाँ प्रधानमन्त्रीसँग दुई देशबीचको मित्रतालाई अझ सुदृढ गर्न मिलेर काम गर्न तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन् ।

दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु’, उनले भनेका छन् । यस्तै नेपालको पछिल्लो राजनीतिक हेरफेरका बारेमा भारतका संचारमाध्यमहरुले समेत प्राथमिकताका साथ खबर छापेका छन् ।

भारतका दुई प्रभावशाली अंग्रेजी दैनिकले सम्पादकीय नै लेखेर चासो प्रकट गरेका छन् । द हिन्दुमा ‘नेपालको राजनीतिमा सिद्धान्तविहीन गठबन्धन’ भन्ने शीर्षकमा सम्पादकीय लेखिएको छ । सम्पादकीयमा पछिल्लो परिस्थितिले नेपालमा गठबन्धनको अस्थिरताको अन्त्य नहुने अवस्था देखिएको उल्लेख छ ।

द हिन्दुले विचार र सिद्धान्तमा आधारितभन्दा पनि शक्तिका निम्ति यो गठबन्धन गरिएको दाबी गरेको छ । यस्ता गतिविधिले नेपाली जनतामा निराशा मात्र ल्याउने त्यसमा चर्चा गरिएको छ । निचोडका रूपमा उसले नेपाल प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाँदा राम्रो हुन सक्ने सुझाव पनि दिएको छ ।

अर्को दैनिक पत्रिका इन्डियन एक्सप्रेसको सम्पादकीयमा नेपालको पछिल्लो गतिविधिलाई नयाँ दिल्लीले होसियारीपूर्वक हेरिरहेको उल्लेख छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको सद्भावलाई सकारात्मक रूपमा लिएको तर हिजो प्रधानमन्त्री बनेका केपी शर्मा ओली ‘हार्डलाइनर’ भएको र उनले सन् २०१५ को नाकाबन्दीमा प्रो–चाइना पोजिसन देखाएको जनाइएको छ ।

विवादास्पद नक्साका विषयमा ‘साउथ ब्लक’सँग राम्रो सम्बन्ध नभएको त्यसमा उल्लेख छ । चिनियाँ ‘फुटप्रिन्ट’ नेपालमा बढिरहेको भन्दै इन्डियन एक्सप्रेसले भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र करिब आठ मिलियन नेपाली भारतमा रहेर काम गरिरहेका स्मरण गरिएको छ ।

नयाँ दिल्लीले हिमाली देशको राजनीतिमा सूक्ष्म ढंगले पोजिसन लिनुपर्नेमा सम्पादकीयमा जोड दिइएको छ । काठमाडौंमा भएको पछिल्लो राजनीतिक हेरफेरलाई बेइजिङले आफ्नो फाइदाका निम्ति प्रयोग गर्न नसकोस् भन्ने निश्चितता खोज्नुपर्ने सुझाव पनि दिइएको छ । नेपालको पछिल्लो राजनीतिक हेरफेरका विषयमा भारतका दुई प्रभावशाली अंग्रेजी दैनिकले सम्पादकीय नै लेखेर चासो प्रकट गरेका छन् ।

यसरी चासो दिनेमा द हिन्दु र इन्डियन एक्सप्रेस छन् । द हिन्दुमा ‘नेपालको राजनीतिमा सिद्धान्तविहीन गठबन्धन’ भन्ने शीर्षकमा सम्पादकीय लेखिएको छ । सम्पादकीयमा पछिल्लो परिस्थितिले नेपालमा गठबन्धनको अस्थिरताको अन्त्य नहुने अवस्था देखिएको उल्लेख छ । द हिन्दुले विचार र सिद्धान्तमा आधारितभन्दा पनि शक्तिका निम्ति यो गठबन्धन गरिएको दाबी गरेको छ ।

यस्ता गतिविधिले नेपाली जनतामा निराशा मात्र ल्याउने त्यसमा चर्चा गरिएको छ । निचोडका रूपमा उसले नेपाल प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाँदा राम्रो हुन सक्ने सुझाव पनि दिएको छ । अर्को दैनिक पत्रिका इन्डियन एक्सप्रेसको सम्पादकीयमा नेपालको पछिल्लो गतिविधिलाई नयाँ दिल्लीले होसियारीपूर्वक हेरिरहेको उल्लेख छ ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको सद्भावलाई सकारात्मक रूपमा लिएको तर हिजो प्रधानमन्त्री बनेका केपी शर्मा ओली ‘हार्डलाइनर’ भएको र उनले सन् २०१५ को नाकाबन्दीमा प्रो–चाइना पोजिसन देखाएको जनाइएको छ । विवादास्पद नक्साका विषयमा ‘साउथ ब्लक’सँग राम्रो सम्बन्ध नभएको त्यसमा उल्लेख छ ।

चिनियाँ ‘फुटप्रिन्ट’ नेपालमा बढिरहेको भन्दै इन्डियन एक्सप्रेसले भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र करिब आठ मिलियन नेपाली भारतमा रहेर काम गरिरहेका स्मरण गरिएको छ । नयाँ दिल्लीले हिमाली देशको राजनीतिमा सूक्ष्म ढंगले पोजिसन लिनुपर्नेमा सम्पादकीयमा जोड दिइएको छ ।

काठमाडौंमा भएको पछिल्लो राजनीतिक हेरफेरलाई बेइजिङले आफ्नो फाइदाका निम्ति प्रयोग गर्न नसकोस् भन्ने निश्चितता खोज्नुपर्ने सुझाव पनि दिइएको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top