प्रिन्स र स्यान्टुको खेल आज

११ साउन ८१, शनिबार

१२ साउन ,  एजेन्सी ।
पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिकमा आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले आज प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रारम्भिक चरणमा स्यान्टुले सेनेगलका खेलाडी इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन् । पुरुष एकलमा भिड्ने स्यान्टुको खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा साँझ साढे ७ बजे शुरु हुनेछ ।

नेपाली टेबल टेनिसको इतिहासमा ओलम्पिक खेल्ने स्यान्टु पहिलो खेलाडी हुन् । उनले दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान बनाएका थिए । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् । पेरिस ओलम्पिकको कठिन समूहमा परेका ब्याडमिन्टन खेलाडी प्रिन्सले भने आज विश्व नम्बर दुई वरीयता तथा दुईपटकका विश्व च्याम्पियन डेनमार्कका भिक्टोर एक्सेलसनसँग प्रतिस्पर्धा गर्दैछन्।

खेल राति पौने १ बजे शुरु हुनेछ । ब्याडमिन्टन खेलाडी प्रिन्स समूह ‘पी मा परेका छन् । पुरुष सिंगलतर्फ ३६ देशका ४१ खेलाडीबीच १३ वटा समूहमा रहेर प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ । प्रिन्सको दोस्रो वरियताका डेनमार्कका भिक्टोरसहित तीनपटक ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्याण्डका नहत गुएनसँग प्रतिस्पर्धा हुनेछ ।

Advertisement

सन् २०१२, २०१६ र २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुन्। आइरिस गुएन पनि युरोपियन यू–१७ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । राउण्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्षस्थानमा रहने खेलाडी नकआउट पुग्नेछन्। प्रत्येक खेल ‘बेष्ट अफ थ्री’मा हुनेछ । ब्याडमिन्टनको प्रतिस्पर्धा पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा जुलाई २७ देखि अगष्ट ५ सम्म हुनेछ ।

नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सिफारिस नगर्दा प्रिन्स पेरिस ओलम्पिकमा प्रशिक्षकविना नै पुगेका छन् । पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा स्यान्टु र प्रिन्ससहित जुडोकी मनिता, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, रहेका छन् ।

Advertisement

यस्तै कन्टिनेन्टर कोटामार्फत ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी नेपाली जुडो खेलाडी मनिताले पेरिस ओलम्पिकमा ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्। मनिताले पहिलो चरणमा सर्बियाली खेलाडी मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनको खेल सोमबार च्याम्प–डे–मार्स एरेना म्याट १ मा हुनेछ । यो खेलमा विजयी भए उनले अन्तिम १६ मा स्थान पक्का गर्ने छिन् ।

सुटिङकी सुस्मिता नेपालले पेरिस ओलम्पिकमा १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । वाइल्ड कार्ड मार्फत स्थान बनाएकी उनले आमन्त्रण कोटामा स्थान बनाएकी हुन । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा महिला म्याराथनमा भाग लिँदैछिन् ।

पौडीका एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा १ मिटर फ्री स्टायलमा तथा डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा भाग लिनेछिन् । गएराती फ्रान्सको राजधानी पेरिसमा ओलम्पिकको भब्य उद्घाटन समारोह भएको छ । पेरिस ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटन समारोह रङ्गशाला बाहिर नदी किनारमा भएको हो । पेरिस ओलम्पिकमा सहभागी दुई सय देशका १० हजार पाँच सय भन्दा धेरै खेलाडी सेन नदीमा आयोजित परेडमा सवार भएका छन् ।

समारोहमा सेन नदी किनारमा हजारौँ दर्शक उपस्थित थिए । आतिशबाजीसहित चर्चित गायकहरुले प्रस्तुति दिएका छन् । उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोकेका छन् । पेरिस ओलम्पिक यही साउन २७ गतेसम्म चल्नेछ । औपचारिक उद्घाटन अघि नै फुटबल, ह्यान्डबल, आर्चरीलगायतका खेल शुरु भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top