×

NEPAL TIMES UPDATES

Playing
सरकारको डोजर चलेपछि नागरिकले घरमा टाँसे जग्गाधनी पुर्जा|| Nepal Times
May 02, 2026
Playing
अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूतबीच २० मिनेट विशेष वार्ता|| Nepal Times
May 02, 2026
Playing
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले राष्ट्रपतिलाई के सुझायो ?|| Nepal Times
May 02, 2026
Playing
आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?|| Nepal Times
May 02, 2026
Playing
अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो|| Nepal Times
May 02, 2026
Playing
यु*द्ध रोक्ने प्रयास असफल: इरा*नको नयाँ प्रस्ताव पनि अमेरि*काले ठुक*रायो|| Nepal Times
May 02, 2026
Playing
नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा|| Nepal Times
May 02, 2026
Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026

शेखरको साथमा सुजाता, कांग्रेसमा वंशवाद

१३ श्रावण २०८१

१३ साउन, काठमाण्डौ।

दक्षिण एसियाको राजनीतिको विशेषता नै हो, वंशवादको परम्परा । चाँहे त्यो भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान होस् वा नेपाल नेपालमा , वंश परम्पराले राजनीतिमा डेरा जमाएको छ । नेपालमा वंशवादको जरा गाँडेको परिवार हो कोइराला परिवार । कोइराला परिवारबाट विश्वेश्वरप्रसादले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।

Advertisement
Advertisement

यो सबै जोड्दा कोइरालाहरुले ४९ वर्ष कांग्रेसको नेतृत्व गरे । तर शुशीलपछि कोइराला परिवार छायामा छ । सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई र देउवाले वरिष्ठताका आधारमा नेतृत्व गरे । सुवर्णसमशेरले दुई र कृष्णप्रसाद भट्टराईले २० वर्ष कांग्रेसको नेतृत्व गरे । भट्टराईले १९ वर्ष कार्यवाहक सभापति भएर पार्टी हाँके ।

सुशील कोइरालाको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । देउवाले तोडेको कोइरालाको विरासत कोइरालाले १४ महाधिवेशनमा फर्काउन सकेनन् । यसैले अब कोइराला परिवारले १५ महाधिवेशनमा विरासत जोगाउन एक भएको सन्देश दिन थालेको छ ।

गत १४औं महाधिवेशनबाट छिन्नभिन्न भएका नेपाली कांग्रेसका नेतात्रय डा. शेरख कोइराला, डा. शशांक कोइराला र सुजाता कोइरालाबीच एकताको सन्देशसहित शेखर समूहले १५औं महाधिवेशनको तयारी प्रारम्भ गरेको छ । कोइराला निकट मानिएका पूर्व जिल्ला सभापतिहरूले शनिबार एक औपचारिक कार्यक्रम गरेर आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने गरी तयारी थालेको उद्घोष गरेका हुन् ।

गत महाधिवेशनमा नेता शेखर कोइराला छाडेर प्रकाशमान सिंह हुँदै शेरबहादुर देउवालाई सहयोग गरेकी नेतृ सुजाता कोइराला पुनः शेखर समूहमै फकिएकी छन् । हिजोका सानातिना गल्ती सच्याउँदै लोकतन्त्र बलियो बनाउन र बीपीको लिगेसीलाई जीवित राख्न शेखरलाई सहयोग गर्ने उनले प्रतिवद्धता छ । शेखरलाई सहयोग गर्ने मात्रै होइन । राजनीतिमा आफै कमब्याक गर्ने बाटो खोजिरहेकी छन्, सुजता ।

कांग्रेसमा सुजताको राजनीति इतिहासको जग बाबु गिरीजाले खनिदिएका थिए । यसैले त उनी राजनीतिमा आएको केही वर्षपछि नै सांसद र एकै पटक परराष्ट्रसहित उपप्रधानमन्त्री भइन् । त्यसपछि उनी नत पार्टीको नेतृत्व तहमा पुगिन नत प्रत्यक्ष निर्वाचनमै जनताले उनलाई पत्याए । अहिले सात दशकभन्दा लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेसमा नेतृत्वको संकट चुलिएको छ ।

पार्टीभित्र एकातिर सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ भने अर्कोतिर देउवाको उत्तराधिकारी को हुने भन्ने प्रश्नको जवाफ कसैसँग छैन । देउवापछि पार्टी आफूले हाक्ने र आफूसँग धेरै समय राजनीतिका लागि नरहेको बताइरहेका छन् पार्टीमा शक्तिशाली छवि बनाएका गगन थापा । जो हुन् त शेखरकै समूहमा छन् तर नेतृत्वका विषयमा शेखर र गगन अझै एक हुन् सकेका छैनन् ।

हिजोको अवस्थामा संसदीय दलको नेतामा गगनले देउवाविरुद्ध चुनाव लड्दा शेखर पक्षबाटै आशातित सहयोग नपाएको अड्कल काटिएको थियो । त्यो डर र आपसी अविश्वास यी दुई नेतामा आगामी महाविधेनशमा पनि देखिनेछ । यस्तो अवस्थामा अब कोइराला परिवार नेतृत्वका लागि एक जुट भएपछि गगनले अर्काे विकल्प र समूह नखोज्लान् भन्न सकिन्न् ।

कोइराल परिवारबाट शेखर अघि बढ्दै जादा गगन देउवा पक्षमा पुगेभने के होला ? त्यो कोइराला समूहको सबैभन्दा ठूलो डर हो । शनिबार ४२औं बीपी स्मृति सप्ताहका अवसरमा आयोजित भेटघाट कार्यक्रममा पार्टी नेतृत्वमा पु¥याउने अभियानलाई सबैले सहयोग गर्न आग्रह गरेकी नेतृ कोइरालाले पछिल्ला नेताहरूमध्ये डा. शेखरमा बीपीको केही अंश बाँकी रहेको बताइन् ।

केही दिनअघि मात्र नेतृ कोइरालाले विशालनगरस्थित शेखरको सचिवालयमा पुगेर भाबी सभापतिका रूपमा शेखरलाई सहयोग गर्ने घोषणा गरेकी थिइन । महाधिवेशनअघि नै डा. शशांकलाई पनि एकैठाउँमा ल्याएर बीपी कोइरालालको लिगेसीलाई पुनः स्थापित गराउने उनको जिकिर छ।

Advertisement

आफ्नै समूहका नेताहरू र कोइराला परिवारबाटै धोका पाएपछि १४औं महाधिवेशनमा सभापति बन्न नसकेका नेता शेखर कोइराला १५ औंमा सभापति बन्ने दौडमा छन् । तर पार्टीमा सभापति देउवाको दबदबा र गगनको नेतृत्वमा पुग्ने महत्काक्षा चिर्दै उनले कोइराला परिवारको विरासत कांग्रेसमा कसरी फर्काउलान् त्यो हेर्न भने प्रतिक्षा नै गर्नुपर्नेछ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top