×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

विराटनगरको अरनिकोलाई उत्कृष्ट शैक्षिक संस्थाको सम्मान

१६ श्रावण २०८१

१६ साउन, विराटनगर ।

विराटनगरको अरनिको आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट शैक्षिक संस्था सम्मान प्राप्त गर्न सफल भएको छ ।

Advertisement
Advertisement

चन्द्रलोक प्रतिष्ठान काठमाडौंले मंगलबार अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगरलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सांसद अर्जुननसिंह केसी र प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले अरनिको आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल राजेश कार्कीलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरेका हुन् ।

चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले २०३३ सालमा स्थापना भएको अरनिको आवासीय माध्यमिक विद्यालय कोशी प्रदेशको पहिलो र नेपालको ८औं उत्कृष्ट शैक्षिक संस्था बन्न सफलता प्राप्त गरेको र आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका लागि देश भक्त, आदर्शवान र नैतिकवान् शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहेस् भन्ने उद्देश्यका साथ उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरेको बताए ।

केही साता अघि मात्रै अरनिकोले ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्राप्त गरेको थियो ।

केन्द्रबिन्दु डटकमले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका आधारमा अरनिको आवासीय माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्रदान गरेको थियो ।

अरनिकोले कक्षा ११ र १२ मा विज्ञान, व्यस्थापन , कम्प्युटर साइन्स र होटल व्यवस्थापनका कक्षा सञ्चालन गर्दै आएको छ ।

यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी रहेको समेत प्रेन्सिपल कार्कीले बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top