बाइडेन र नेतान्याहुबिच फोनवार्ता ,अमेरिका र रुसबीच कैदी साटासाट 

१८ साउन, एजेन्सी ।

अमेरिका र रुसले आ–आफ्नो जेलमा कैद भएर बसेका एकअर्काका नगरिकहरूलाई साटासाट गरेका छन् । बिहीबार टर्कीको अंकारामा रुस र अमेरिकाले कूल २४ कैदी आदान प्रदान गरेका छन् । रुसले आफ्नो जेलमा रहेका १६ अमेरिकी नागरिकलाई अमेरिकालाई सुम्पिएको छ । यसमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, युएस मरीन दिग्गज पल भेलान र अल्सु कुमारशेवा पनि छन् ।

अमेरिकाले भने ८ जना रुसी कैदीलाई रुसको जिम्मा लगाएको छ । अमेरिकाले रिहा गरेको रुसीहरूको भने नाम खुलाइएको छैन । यो शितयुद्धयता दुई देशबीचको सबैभन्दा ठूलो बन्दी आदानप्रदान कार्यक्रम थियो । त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन् ।

यस क्रममा उनले इरानको जुनसुकै हमलाबाट इजरायललाई जोगाउने वाचा गरेका छन् । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव बढेको छ । हानियाको हत्याको प्रतिशोध लिने भन्दै इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको छ । बाइडेन बाहेक राष्ट्रपति पदमा डेमोक्रेटिक दलको सम्भावित दाबेदार कमला ह्यारिसले पनि नेतान्याहुसँग टेलिफोनमा कुरा गरेकी थिइन् ।

हमासका शीर्ष नेता इस्माइल हानियासँगै इजरायलले हालै बेरुतमा हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्रलाई मारेको थियो । यस्तो अवस्थामा हिजबुल्लाहले पनि इजरायलविरुद्ध प्रतिकार गर्न सक्ने देखिएको छ । यसले गाजामा जारी द्वन्द्व पश्चिम एसियाभर फैलिने डर बढाएको छ ।

अर्कातर्फ अमेरिकामा राष्ट्रपति चुनावका लागि रिपब्लिकन उमेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उपराष्ट्रपति तथा डेमोक्रेट पार्टीको तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिसले चन्दा संकलमन उछिनेकी छन् ।ट्रम्पको चुनावी अभियानले जुलाई महिनामा १३ करोड ९० लाख डलर चन्दा संकलन गरेको छ । योसँगै उनको चुनावी अभियानको बैंक खातामा ३२ करोड ७० लाख डलर नगद जम्मा भएको बताइएको छ ।

सोही समयमा वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेट पार्टीको तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानले भने २० करोड डलर उठाएको देखिएको छ ।

ट्रम्पसँगको पहिलो राष्ट्रव्यापी खुला बहसमा बाइडेनको निराशाजनक प्रदर्शन पछिका पहिलो तीन हप्तामा चन्दा संकलन ह्वात्तै घटेको थियो । बाइडेनले ह्वाइट हाउसमा दोहोर्याएर नजाने निर्णय गरेपछि सात दिनमै ह्यारिसको चुनावी अभियान टोलीले २० करोड डलर संकलन गरेको बताइएको छ ।

डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारको भन्दा धेरै चन्दा संकलन गरेको यो दोस्रो महिना हुनेछ । जुनमा पनि बाइडेनको चुनावी अभियान टोलीले १२ करोड ७० लाख डलर चन्दा उठाएको थियो । योसँगै सो अभियानको बैंक खातामा २४ लाख डलर नगद जम्मा भएको । जुलाईको पैसा थपिँदा कूल रकम बढेर ५४ करोड डलरमा पुगेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top