Nepal Times
Nepal Times
3
Shares

इजरेलसँग अरब लिग डरायो

इजरेलसँग अरब लिग डरायो

१८ साउन, एजेन्सी ।

अरब लिग (एएल) का महासचिव अहमद अबोल–घितले अरबका क्षेत्रमा खतरनाक इजरायली आक्रमण हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भइरहेको भन्दै यस्ता कार्यहरू नगर्न चेतावनी दिएका छन् । एएल प्रमुखले हत्या गर्नुले अन्तर्राष्ट्रिय मान्यताहरूको लागि ठूलो बेवास्ता र देशहरू बीचको सम्बन्धलाई नियमन गर्ने नियमहरूको अपमान प्रकट गरेको बताए ।

उनले इजरायलले आफ्नो कार्यको परिणामस्वरूप यस क्षेत्रलाई असर गर्नसक्ने भयावह नतिजाहरूको पूर्वानुमान नगरी लापरवाह नीति अपनाइरहेको बताएका छन् । अबोल–घितले व्यापक क्षेत्रीय विस्फोट रोक्नको लागि अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि आवश्यक दबाब दिन आवश्यक रहेको बताए ।

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले हमास पोलिटब्युरो प्रमुख इस्माइल हानियाहको इरानको राजधानी तेहरानमा हत्या भएको पुष्टि गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.