×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

घाइते छन् मेस्सी, कहिलेदेखि मैदान फर्किएलान् ?

२९ श्रावण २०८१

२९ साउन, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीआबद्ध इन्टर मियामीले बुधबार बिहान लिग्स कपअन्तर्गत कोलम्बससँग खेल्दै छ । अन्तिम १६ को खेलअन्तर्गत मियामीले कोलम्बससँग उसैको मैदानमा खेल्न आँटेको हो ।

नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजेबाट सुरु हुने उक्त खेलमा मियामी र कोलम्बस दुवै क्वार्टरफाइनल यात्रा तय गर्ने दाउमा हुने छन् । पछिल्लो समय इन्टर मियामी लिग्स कपको उपाधि जोगाउने अभियानमा छ । अघिल्लो सिजनको लिग्स कपको उपाधि मेस्सी, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्बा र रोबर्ट टेलरसहितको इन्टर मियामीले जितेको थियो ।

Advertisement

तर, मियामी अनुभवी स्ट्राइकर मेस्सीबिना मैदान उत्रिँदै छ । किनकि, चोटका कारण उनी लामो समययता मैदानबाहिर छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।

कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेस्सी कोपा अमेरिका सकिएपछि इन्टर मियामीमा फर्किएका छैनन् । यसबीचमा मेस्सीका समर्थकले उनी कहिलेदेखि मैदान फर्किएलान् भन्ने चासो–चिन्ता गर्दै आएका छन् ।

तर, इन्टर मियामीका प्रशिक्षक गेरार्डो ‘टाटा’ मार्टिनोलाई पनि मेस्सी कहिलेदेखि खेलमा फर्कन्छन् भन्ने विषयमा अनुमान छैन । उनी भन्छन्, ‘मेस्सी कहिले फर्कन्छन् भन्ने विषयमा म आफैं पनि अनभिज्ञ छु । हामी अधैर्यतापूर्वक उनको प्रतीक्षा गरिरहेका छौं ।’

टाटाका अनुसार मेस्सीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको छ । मेस्सीको अनुपस्थितिले क्लबलाई निकै अप्ठ्यारो परिरहेको टाटा बताउँछन् ।

३७ वर्षीय मेस्सीको अभाव मेजर सकर लिगतिर पनि खड्किएको छ । किनकि, अघिल्लो सिजन १४औं स्थानमा सीमित बनेको मियामी यो सिजन उपाधि जित्ने अभियानमा छ ।

Advertisement

एमएलएसमा अहिलेसम्म २५ खेल खेल्दा ५३ अंकसहित मियामी शीर्ष स्थानमा छ । दोस्रो स्थानको सिनसिनाटीभन्दा मियामी चार अंकले अगाडि छ । एमएलएसमा यो सिजन १२ मात्र खेल खेल्न पाएका मेस्सीले १२ गोल र नौ असिस्ट गरेका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top