×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

भैरहवा–पोखरा विमानस्थलःग्राउण्ड ह्याण्डलिङ शुल्क र टिकटमा भ्याट नलाग्ने

३१ श्रावण २०८१

३१ साउन  ,काठमाण्डौ ।

सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलित दिन लागेको हो ।

Advertisement
Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको बताएका छन् । मन्त्री पाण्डेले कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरुले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउण्ड ह्याण्डलिङमार्फत लिनु सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने योजना बनाएको सुनाए ।

उनले सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको पनि जनाएका छन । सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको छ । इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा इन्धनको मूल्य भन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनेको मन्त्री पाण्डेले उल्लेख गरे ।

उनले अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको जानकारी दिए । विमानस्थलमा क्वारेन्टाइन चेकजाँचका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले गर्नुपर्ने गरी कार्ययोजना मन्त्रीपरिषद्मा पेश भएको जनाउँदै मन्त्री पाण्डेले सरकारले विमानस्थलमा दिने सहुलियतले विमानस्थल सुचारु हुने आशा गरेको जनाए ।

दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएको भन्दै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्ने प्रयास गरिरहेको बताए । पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना भएकाले परियोजना निर्माणमा राज्यको क्षतमा भन्दा ठूलो लगानी भएपनि अहिलेसम्म पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा परियोजना बनाउनको लागि लिएको ऋणको साँवा ब्याज समेत भुक्तानीमा समस्या रहेको छ ।

यता अनुमतिबिनानै भारतीय विदेश सचिव सवार भारतीय विमान सिमरामाथिको आकाशबाट भारत प्रवेश गरेको खुलेको छ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्री सवार भारतीय वायु सेनाको विमान सिमरामाथिको आकाशबाट भारत प्रवेश गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा खैलाबैला मच्चिएको छ । नेपाल र भारत सरकारको सहमतिअनुसार सिमरामाथिको आकाशबाट नेपालमा विमान प्रवेश गर्न मात्रै पाउँछन् ।

नेपाल सरकारले सिमराको आकाशबाट भारततर्फ विमान उडानका लागि अनुमति माग गरे पनि उसले मानेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोही अनुसार भारतबाट आउने गरि मात्र हवाई रुट तय गरेको छ । तर सोमबार भारतीय विदेश सचिव मिस्री नेपाल नागरिक उड्डयन प्राधिकरण र डिउटीमा रहेका एयर ट्राफिक कन्ट्रोलरलाई पूर्वजानकारी नदिई सिमरा माथिको आकाशबाट भारत प्रवेश गरेका हुन् ।

जसले गर्दा प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलरसँग भारतीय विदेश सचिव मिस्री सवार विमानलाई कुन आधारमा सिमरामाथिको आकाशबाट भारत जान दिएको भन्दै प्रश्न गरेको छ । गल्फ ५९८ (भारतीय आकाशमाथि रहेको सेरा माइक रोमियो) हुँदै गल्फ ३३६ (सिमरा माथिको आकाश)बाट विमानहरु नेपाली भू–भागमा प्रवेश गर्ने गर्छन् ।

वान वे एराइभल रुट तय भएको उक्त क्षेत्रबाट भारतीय विदेश सचिव सवार विमानलाई भारततर्फ जान दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग चासो राखेको हो । दुईतर्फी रुट नभएको ठाउँमा गल्फ ३३६ (सिमरामाथिको आकाश)बाट भारतीय आकाशमाथि रहेको सेरा माइक रोमियोमा विदेश सचिव सवार विमानलाई कसरी जान दिइयो भन्ने चासो व्यवस्थापनले राखेको छ ।

‘सिमरा माथिको आकाशबाट नेपाल प्रवेश गरेका विमानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने गर्छन् । विमान अवतरणका लागि प्रयोग हुने रुटबाट मानलाग्दी हिँड्दा जोखिम हुन सक्ने अधिकारीहरु बताउँछन् ।’ नेपाली भू–भागबाट भारततर्फ जाने विमान लिमा ६२६ (नेपालगञ्ज हुँदै महेन्द्रनगरको आकाशमाथि) बाट भारतीय भूमिमा जाने गर्छन् ।

Advertisement

यस्तै, ब्राभो ३४५ (विराटनगर माथिको आकाश)बाट समेत नेपाली भू–भागबाट भारतीय भूमिमा विमानहरु जाने गर्छन् । भारतका विदेश सचिव मिस्री साउन २७ गते नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किँदा उनी उडेको विमानले उडान सम्बन्धी नियम उल्घंन गरेको हो । सिमराको आकास माथिबाट उडेको विदेश सचिव सवार विमान लखनउ हुँदै नयाँ दिल्ली गएको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top