NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

रुसमा युक्रेनको सैन्य कार्यालय स्थापना

शनिबार भदौ १ , २०८१
Reading Time: 1 min read
A A
रुसी शहरमा युक्रेनी सेना, जेलेन्स्कीले गरे हमलाको हुँकार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ भदौ, विराटनगर।

आफ्नो भूमीमा भएका रुसी आक्रमणहरु मात्रै सामना गरिरहेको युक्रेन यतिबेला दुश्मनको घरमै पसेर उसलाई लल्कारिरहेको छ । अहिलेसम्म युक्रेनी सेनाले रुसको ८२ बस्तीसहित ११५० वर्गकिलोमिटर जमिन कब्जामा लिएको दाबी गरेका छ ।

पछिल्लो पटक रुसको दक्षिणमा अवस्थित कुर्स्क क्षेत्रमा युक्रेनी सेना निकै बलियो साबित भएको छ । त्यहाँ आकस्मिक रूपमा गरेको युक्रेनको आक्रमणलाई यो युद्धकै साहसिक कार्यमध्येको एक कामका रूपमा व्याख्या गरिएको छ । जहाँ अहिले पनि निरन्तर आक्रमण जारी राखेको छ ।

पछिल्लो आक्रमणबाट सेम नदीमा रहेको एउटा पुलमा क्षति भएको छ । युक्रेनी सेनाले भत्काएको पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग गरिँदै आएको थियो । युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीले कुर्स्कमा आफ्नो सेनाले उपस्थिति बलियो बनाउँदै गएको प्रतिक्रिया दिएका छन् ।

युक्रेनले रुसमाथि गरेको पछिल्लो आक्रमण अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण मानिएको छ । तर युक्रेनले रुसको भाग कब्जा गर्न आफूहरू इच्छुक नभएको पनि बताएको छ । यद्यपी यसलाई रुसले युक्रेनको कब्जामा लिएको भूमी फिर्ताका लागि बार्गेनिंगका रुपमा प्रयोग गर्न सक्ने विश्लेषण गरिएको छ ।

यता युक्रेनको कदमलाई लिएर प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले भने कुर्स्क क्षेत्रका नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् । तर युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्र कब्जामा लिएको मात्रै होइन, त्यहाँ आफ्नो सैन्य प्रशासनिक कार्यालय पनि स्थापना गरेको छ ।

युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिर्स्कीले उक्त आधारबाट रुसमाथि आक्रमण जारी राखिएको बताएका छन् । सिर्स्कीका अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्काल आवश्यकता पूरा गर्न भूमिका खेल्नेछ ।

जनरल सिर्स्कीका अनुसार युक्रेनी सैनिकहरू कुर्क्स क्षेत्रमा ३५ किलोमिटर प्रवेश गरेका छन् । आफूहरूले ८२ बस्तीसहित रुसको ११५० वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको उनको दाबी छ । कुर्स्क क्षेत्रमा युक्रेनको यो आक्रमणले युद्धको समग्र दिशा परिवर्तन गरेको छैन ।

तर, यसले रुस र राष्ट्रपति पुटिनलाई ठूलै धक्का भने दिएको छ । गएको सोमबार टीभीमा प्रत्यक्ष प्रसारण गरिएको एक बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेका थिए । सो बैठकयता यसबारे पुटिनले केही पनि भनेका छैनन् । सीमा क्षेत्रका रुसी अधिकारीहरूका अनुसार करिब १ लाख ३० हजार मानिसलाई ठाउँ सारिएको छ ।

यो संकटका लागि क्षेत्रीय अधिकारीहरू तयार देखिएनन् । जसकारण स्थानीय स्तरमा पहलकदमी लिनुपर्ने बाध्यता देखियो । विपक्षीहरूले भने यसलाई सरकारी भाष्यको हावा खुस्काउने मौकाका रूपमा उपयोग गरिरहेका छन् । लेव स्लोसवर्ग नामक विपक्षी नेता रुस विस्फोटको सँघारमा भएको दाबी गर्छन् ।

‘हालका घटनाहरूले संकटलाई चर्काउँदै लगेका छन्,’ स्लोसवर्गले भने, ‘तर, त्यो असुन्तिष्टको ऊर्जा कता पोखिन्छ, हामीलाई थाहा छैन।’ युक्रेनको यो दुस्साहसपूर्ण आक्रमणले पूर्वी युक्रेनमा रुसी सेनाको गतिलाई रोक्ने विश्लेषण कतिपयले गरेका छन् ।

मस्कोस्थित एक अनुसन्धान समूहका रुस्लान पुस्कोव युक्रेनको युद्धमोर्चामा खटिएका केही सैनिकलाई युक्रेनको आक्रमणपछि कुर्स्क क्षेत्रमा खटाउनुपर्ने भएकाले रुसको गति धिमा हुने बताउँछन् । ‘मनोबलका हिसाबले रुसले निकै ठूलो धक्का बेहोरेको छ,’ उनी भन्छन् ।

सैनिक संख्या र स्रोत–साधनका हिसाबले रुस युक्रेनभन्दा निकै अघि छ । तर, कुर्स्कको आक्रमणले युक्रेन थोरै सैनिक र पश्चिमा हतियारको बलमा रुसलाई यस्तै झट्का दिन सक्षम छ भन्ने देखाएको छ ।

यो आक्रमणमा युक्रेनले ड्रोन र विद्युतीय सामग्री जाम गराउने प्रविधिको उपयोग गरेको देखिन्छ । जसको कारण रुसी ड्रोनले आक्रमणको संकेत पाउन सकेनन् नै युक्रेनी ड्रोनले पनि चाहेको ठाउँमा आक्रमण गर्न पाए ।

यही प्रक्रिया दोहो¥याउँदै युक्रेनी सेना कम क्षतिमा अघि बढ्यो भने रुसले उचित सैन्य योजना समेत बनाउन पाएन । रुसले विदेशी हतियार रुसी भूमिमा प्रयोग भए नसहने बताउँदै आएको छ । तर, जुनमा क्रिमियामा अमेरिकी क्षेप्यास्त्र आक्रमण भएको थियो ।

जसको रुसी कूटनीतिज्ञहरूले चर्को विरोध गरेका थिए । अहिले कुर्स्कमा बेलायती च्यालेन्जर ट्यांक प्रयोग भएको छ । अर्थात्, पश्चिमा मुलुकहरूले रुसले तोकेका ‘लक्ष्मण रेखा’ बिस्तारै मेट्दै गएका छन् । ढिलोचाँडो रुसले वास्तवमै ‘लक्ष्मण रेखा’ कोर्नै पर्ने हुन्छ ।

त्यतिखेर रुसले दिने जवाफ भयावह हुनसक्छ । हालसम्म पुटिनले युक्रेनको घुसपैठलाई ‘आतंकवादी’ हमला भनेका छन् । यदि कुर्स्कमा युक्रेन टिकिरह्यो भने रुसले यसलाई आक्रमण भन्नुपर्ने हुन्छ । त्यसो भयो भने कलेक्टिव सेक्युरिटी ट्रिटी अर्गनाइजेसनको धारा ४ सक्रिय हुनेछ । यो सोभियत संघ ढलेपछि रुसको नेतृत्वमा गठित संगठन हो।

जसअनुसार एउटा मुलुकमा आक्रमण भए अरु सदस्य मुलुकले पनि सहयोग गर्नुपर्ने हुन्छ । त्यतिबेला युद्धमा नेटो पनि सहभागी हुनुपर्ने अन्यथा अरु मुलुक युक्रेनविरुद्धको आक्रमणमा सहभागी भएको हेरेर बस्नुपर्ने स्थिति पनि आउन सक्नेछ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.