रुसमा युक्रेनको सैन्य कार्यालय स्थापना

१ भदौ, विराटनगर।

आफ्नो भूमीमा भएका रुसी आक्रमणहरु मात्रै सामना गरिरहेको युक्रेन यतिबेला दुश्मनको घरमै पसेर उसलाई लल्कारिरहेको छ । अहिलेसम्म युक्रेनी सेनाले रुसको ८२ बस्तीसहित ११५० वर्गकिलोमिटर जमिन कब्जामा लिएको दाबी गरेका छ ।

पछिल्लो पटक रुसको दक्षिणमा अवस्थित कुर्स्क क्षेत्रमा युक्रेनी सेना निकै बलियो साबित भएको छ । त्यहाँ आकस्मिक रूपमा गरेको युक्रेनको आक्रमणलाई यो युद्धकै साहसिक कार्यमध्येको एक कामका रूपमा व्याख्या गरिएको छ । जहाँ अहिले पनि निरन्तर आक्रमण जारी राखेको छ ।

Advertisement

पछिल्लो आक्रमणबाट सेम नदीमा रहेको एउटा पुलमा क्षति भएको छ । युक्रेनी सेनाले भत्काएको पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग गरिँदै आएको थियो । युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीले कुर्स्कमा आफ्नो सेनाले उपस्थिति बलियो बनाउँदै गएको प्रतिक्रिया दिएका छन् ।

युक्रेनले रुसमाथि गरेको पछिल्लो आक्रमण अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण मानिएको छ । तर युक्रेनले रुसको भाग कब्जा गर्न आफूहरू इच्छुक नभएको पनि बताएको छ । यद्यपी यसलाई रुसले युक्रेनको कब्जामा लिएको भूमी फिर्ताका लागि बार्गेनिंगका रुपमा प्रयोग गर्न सक्ने विश्लेषण गरिएको छ ।

Advertisement

यता युक्रेनको कदमलाई लिएर प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले भने कुर्स्क क्षेत्रका नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् । तर युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्र कब्जामा लिएको मात्रै होइन, त्यहाँ आफ्नो सैन्य प्रशासनिक कार्यालय पनि स्थापना गरेको छ ।

युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिर्स्कीले उक्त आधारबाट रुसमाथि आक्रमण जारी राखिएको बताएका छन् । सिर्स्कीका अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति सुरक्षा कायम गर्न र जनताको तत्काल आवश्यकता पूरा गर्न भूमिका खेल्नेछ ।

जनरल सिर्स्कीका अनुसार युक्रेनी सैनिकहरू कुर्क्स क्षेत्रमा ३५ किलोमिटर प्रवेश गरेका छन् । आफूहरूले ८२ बस्तीसहित रुसको ११५० वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको उनको दाबी छ । कुर्स्क क्षेत्रमा युक्रेनको यो आक्रमणले युद्धको समग्र दिशा परिवर्तन गरेको छैन ।

तर, यसले रुस र राष्ट्रपति पुटिनलाई ठूलै धक्का भने दिएको छ । गएको सोमबार टीभीमा प्रत्यक्ष प्रसारण गरिएको एक बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेका थिए । सो बैठकयता यसबारे पुटिनले केही पनि भनेका छैनन् । सीमा क्षेत्रका रुसी अधिकारीहरूका अनुसार करिब १ लाख ३० हजार मानिसलाई ठाउँ सारिएको छ ।

यो संकटका लागि क्षेत्रीय अधिकारीहरू तयार देखिएनन् । जसकारण स्थानीय स्तरमा पहलकदमी लिनुपर्ने बाध्यता देखियो । विपक्षीहरूले भने यसलाई सरकारी भाष्यको हावा खुस्काउने मौकाका रूपमा उपयोग गरिरहेका छन् । लेव स्लोसवर्ग नामक विपक्षी नेता रुस विस्फोटको सँघारमा भएको दाबी गर्छन् ।

‘हालका घटनाहरूले संकटलाई चर्काउँदै लगेका छन्,’ स्लोसवर्गले भने, ‘तर, त्यो असुन्तिष्टको ऊर्जा कता पोखिन्छ, हामीलाई थाहा छैन।’ युक्रेनको यो दुस्साहसपूर्ण आक्रमणले पूर्वी युक्रेनमा रुसी सेनाको गतिलाई रोक्ने विश्लेषण कतिपयले गरेका छन् ।

मस्कोस्थित एक अनुसन्धान समूहका रुस्लान पुस्कोव युक्रेनको युद्धमोर्चामा खटिएका केही सैनिकलाई युक्रेनको आक्रमणपछि कुर्स्क क्षेत्रमा खटाउनुपर्ने भएकाले रुसको गति धिमा हुने बताउँछन् । ‘मनोबलका हिसाबले रुसले निकै ठूलो धक्का बेहोरेको छ,’ उनी भन्छन् ।

सैनिक संख्या र स्रोत–साधनका हिसाबले रुस युक्रेनभन्दा निकै अघि छ । तर, कुर्स्कको आक्रमणले युक्रेन थोरै सैनिक र पश्चिमा हतियारको बलमा रुसलाई यस्तै झट्का दिन सक्षम छ भन्ने देखाएको छ ।

यो आक्रमणमा युक्रेनले ड्रोन र विद्युतीय सामग्री जाम गराउने प्रविधिको उपयोग गरेको देखिन्छ । जसको कारण रुसी ड्रोनले आक्रमणको संकेत पाउन सकेनन् नै युक्रेनी ड्रोनले पनि चाहेको ठाउँमा आक्रमण गर्न पाए ।

यही प्रक्रिया दोहो¥याउँदै युक्रेनी सेना कम क्षतिमा अघि बढ्यो भने रुसले उचित सैन्य योजना समेत बनाउन पाएन । रुसले विदेशी हतियार रुसी भूमिमा प्रयोग भए नसहने बताउँदै आएको छ । तर, जुनमा क्रिमियामा अमेरिकी क्षेप्यास्त्र आक्रमण भएको थियो ।

जसको रुसी कूटनीतिज्ञहरूले चर्को विरोध गरेका थिए । अहिले कुर्स्कमा बेलायती च्यालेन्जर ट्यांक प्रयोग भएको छ । अर्थात्, पश्चिमा मुलुकहरूले रुसले तोकेका ‘लक्ष्मण रेखा’ बिस्तारै मेट्दै गएका छन् । ढिलोचाँडो रुसले वास्तवमै ‘लक्ष्मण रेखा’ कोर्नै पर्ने हुन्छ ।

त्यतिखेर रुसले दिने जवाफ भयावह हुनसक्छ । हालसम्म पुटिनले युक्रेनको घुसपैठलाई ‘आतंकवादी’ हमला भनेका छन् । यदि कुर्स्कमा युक्रेन टिकिरह्यो भने रुसले यसलाई आक्रमण भन्नुपर्ने हुन्छ । त्यसो भयो भने कलेक्टिव सेक्युरिटी ट्रिटी अर्गनाइजेसनको धारा ४ सक्रिय हुनेछ । यो सोभियत संघ ढलेपछि रुसको नेतृत्वमा गठित संगठन हो।

जसअनुसार एउटा मुलुकमा आक्रमण भए अरु सदस्य मुलुकले पनि सहयोग गर्नुपर्ने हुन्छ । त्यतिबेला युद्धमा नेटो पनि सहभागी हुनुपर्ने अन्यथा अरु मुलुक युक्रेनविरुद्धको आक्रमणमा सहभागी भएको हेरेर बस्नुपर्ने स्थिति पनि आउन सक्नेछ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top