युक्रेनविरुद्ध लडिरहेको रुसमाथि अर्काे प्राकृतिक विपद्

२ भदौ , एजेन्सी ।

पछिल्लो समय युक्रेनको आक्रमणको सामना गरिरहेको रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ ।

सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् । रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि हताहती भएको खबर प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको थियो । भूकम्पपछि शिवलुच ज्वालामुखी विस्फोट भएको छ । टासलाई उद्धृत गर्दै, सीएनएनले भनेको छ कि ज्वालामुखीको खरानी समुद्र सतह भन्दा ८ किलोमिटर माथि बढिरहेको छ।

रिपोर्टमा ज्वालामुखीबाट लाभाको बादल निस्किएको बताइएको छ । कोही घाइते भएको खबर आएको छैन । सिवालुच ज्वालामुखी पेट्रोपाभलोभस्क–कम्चात्स्कीबाट लगभग २८० माइलको दूरीमा अवस्थित छ । यहाँ लगभग १ लाख ८१ हजारको आवादी रहेको तटीय शहर कामचाटका शहर रहेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभलोभस्क–कम्चात्स्कीबाट करिब ५५ माइल दक्षिणमा र करिब ३० माइलको गहिराइमा रहेको बताएको छ ।

भूकम्पका कारण ठूलो क्षति भने भएको छैन । यद्यपि, सीएनएन र टासलाई उद्धृत गर्दै, सामाजिक सुविधाहरूमा विशेष ध्यान दिएर सम्भावित क्षतिको लागि भवनहरूको जाँच भइरहेको जनाइएको छ । रुसी आपतकालिन मन्त्रालयले भूकम्पका कारण सुनामीको चेतावनी जारी गरेको छैन। यद्यपि, अमेरिकी सुनामी चेतावनी प्रणालीले चेतावनी दिएको छ कि यस भूकम्पबाट खतरनाक सुनामी छालहरू केन्द्रबिन्दुको ३ सय किलोमिटरभित्र रसियाको तटहरूमा सम्भव रहेको बताएको छ। भूकम्पका कारण स्थानीय बासिन्दा घरबार छाडेका छन् । पछिल्लो समय रुस युक्रेनको आक्रमणको सामना गरिरहेको छ । युक्रेनले रुसले विगतमा कब्जा गरेका धेरै गाउँहरु पुनः आफ्नो नियन्त्रणमा लिएको छ । यस क्रममा दर्जनौं रुसी सेनालाई समेत युक्रेनी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top