×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

निर्वाचनमा भोट ल्याउन अमेरिकामा पनि अनेकन् तिकडम

४ भाद्र २०८१

४ भदौ , एजेन्सी ।

संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिदो छ । निर्वाचनका लागि दुई जनाको चुनावी भिडन्त हुँदैछ । अमेरिकाको ६०औं राष्ट्रपतीय निर्वाचनबाट निर्वाचित हुने ध्याउन्नमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस। ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति हुन्, उनको कार्यकाल सन् २०१७ देखि २०२१ सम्मको थियो ।

Advertisement

उमेरले ७८ पुगिसकेका ट्रम्प पुनः एकपटक राष्ट्रपतिमा दोहोरिन खोज्दै छन् । राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन्, ट्रम्प । अघिल्लो निर्वाचनमा भने ट्रम्पले डेमोक्रेट उम्मेदवार जोय बाइडेनसँग पराजय भोग्नुपरेको थियो । आफू राष्ट्रपति भएकाबेला ट्रम्पले सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै रुष्ट व्यवहार देखाएका थिए ।

पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीकै नेताहरू पनि खुशी थिएनन् । उनले बाइडेनलाई राष्ट्रपतिका रुपमा स्वीकार्न समेत निक्कै समय लगाएका थिए । त्यै पनि यसपाली राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका ट्रम्पले चुनावी अभियानलाई युद्धस्तरमा अगाडि बढाइरहेका छन् । ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिस भने डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी दाबेदार हुन् ।

हालैमात्र राष्ट्रपति बाइडेनबाट डेमोक्रेटिक पार्टीको जिम्मेवारी पाएकी ह्यारिसले अमेरिकाकी वर्तमान उपराष्ट्रपति पनि हुन् । सन् २०२१ यता उपराष्ट्रपतिको भूमिकामा छिन्, ह्यारिस । अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति पनि हुन्, उनी । हालका डेमोक्रेट राष्ट्रपति बाइडेनले राष्ट्रपतिको निर्वाचनबाट खुट्टा झिकेपछि मौका ह्यारिसले पाएकी हुन् ।

बाइडेनको साथ र समर्थनले बलियो उम्मेदवार बनेकी ह्यारिसले पनि राष्ट्रपतिको निर्वाचनका लागि कम्मर कसेर चुनावी अभियानलाई अगाडि बढाएकी छन् । राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा, मतदातालाई आकर्षित गर्न उनीहरूले विभिन्न रणनीतिहरू अपनाइरहेका छन्। ट्रम्प र ह्यारिस दुवैले स्वास्थ्य सेवा, रोजगारी र सुरक्षाजस्ता मतदाताका प्राथमिक विषयहरू वा लोकप्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने बाचासहित उनीहरूको ध्यान केन्द्रित खोजिरहेका छन् ।

ट्रम्पले धेरै आक्रमक र थोरै भावनात्मक रूपमा मतदातालाई रिझाउन खोजिरहेका छन् । गत जनवरी ६ मा पेन्सिलभेनियामा चुनावी ¥यालीमा भएको ट्रम्पमाथिको हमलालाई पनि कतिपयले चुनावी प्रचारकै रूपमा अर्थ्याइरहेका छन् । तथापि, यसको आधिकारिक पुष्टि भएको छैन् । त्यसबाहेक ट्रम्पले ह्यारिस र उनको समर्थनमा उभिएका बाइडेनमाथि राजनीतिक हमलाहरू गरिरहेका छन् ।

बाइडेन सरकारको कमजोरी खोजेर आलोचना गर्नेदेखि लिएर उनीहरूकै योग्यतामा प्रश्न तेर्स्याउने काममा ट्रम्प र उनका समर्थक लागिपरेका छन् । पटक–पटक बाइडेनको राजीनामा मागिसकेका ट्रम्पले आफ्नो चुनावी सन्देश फैल्याउन सामाजिक सञ्जाल ‘एक्स’ मा प्रत्यक्ष दखल राखेका छन् भने अरू परम्परागत मिडियाहरूको पनि उत्तिकै प्रयोग गरिरहेका छन् ।

आफू राष्ट्रपतिमा निर्वाचित भए खर्बपति व्यापारी एलन मस्कलाई सल्लाहकार बनाउनेट्रम्पको योजना छ । न्युज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पले टेस्लाका मालिक मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् । टेस्ला र स्पेस्क एक्सका मालिक मस्क र ट्रम्पबीचको दोस्ताना पछिल्लो समय खुबै जमेको छ । उनीहरूले हालै सामाजिक सञ्जाल एक्समा निकै लामो भलाकुसारी गरेका थिए ।

पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थनमात्रै गरिरहेका छैनन्, बाइडेनप्रति लक्षित हुँदै आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा खुलेर आलोचना गरिरहेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा दैनिक सक्रियकर्ताको संख्या २५० मिलियन छ, जसबाट ट्रम्पको चुनावी प्रचार–प्रसार व्यापक प्रभावकारी हुन सक्छ । यता, ट्रम्पकी प्रतिद्वन्द्वी ह्यारिसले भने भावनात्मक रूपमा आफ्नो प्रचार–प्रसार गरिरहेकी छन् ।

विशेषतः उनका लागि राष्ट्रपति बाइडेन स्वयम् ‘इमोसनल्ली’ खटिइरहेका छन् भन्दा फरक नपर्ला । सोमबार पार्टीको अधिवेशनबाट बिदाइ हुँदै गर्दा भावुक बनेका उनले ह्यारिसको खुलेरै प्रसंशा गरेका थिए । अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास थिएन।

Advertisement

यसैले रंगभेदको अन्त्यका लागि भन्दै ह्यारिस र उनका समर्थक अफ्रिकी–अमेरिकी समुदायको समर्थन प्राप्त गर्न बेजोडले लागिपरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top