NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’ बुधबार पुस २ , २०८२
जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ? बुधबार पुस २ , २०८२
जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह बुधबार पुस २ , २०८२
एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो बुधबार पुस २ , २०८२
ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट बुधबार पुस २ , २०८२
Next
Prev

समाचार

प्रचण्डले बन्द गरेको टिकटक ओलीले खोल्ने

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ भदौ ,काठमाण्डौ ।

सामाजिक सञ्जाल टिकटकले पटक पटक आग्रह गर्दा,दजर्नबढी रिट अदालतमा पुग्दा अनि सडक र सामाजिक संजालबाट सरकारमाथि चौतर्फी दबाब दिँदा समेत प्रतिबन्ध नखुलेको टिकटक फेरि नेपालमा चल्ने सम्भावना बढेको छ । सरकार नै टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा जुटेपछि यो सम्भावना बढेको हो ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा सरकार जुटेको छ । सचिवालय स्रोतले भन्यो, ’टिकटकमा अराजकता उतिकै छ । तर सबै ठाउँबाट खोल्नका लागि आवाज उठिरहेको छ । टिकटक खोलेपछि कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’

पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता टिकटकले पटक पटक प्रतिबन्ध फुकुवाका लागि नेपाल सरकारलाई आग्रह गर्दै आएको थियो । चार दिनअगाडि मात्रै इमेलमार्फत टिकटकको प्रतिवद्धता पत्र पनि प्राप्त भएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले पत्रमा हस्ताक्षर गरेका छन् । ‘नेपाल सरकारको सबै ऐनकानून पालना गर्न हामी कमिटेड छौं भन्ने पत्र आएको छ,’ ती अधिकारीले भने । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली टिकटकको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक छन् । उनकै ग्रीन सिग्नल पाएर सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेको बुझिन्छ ।

नेपाल सरकारको ऐन–कानूनहरु पालना गर्ने शर्तमा टिकटक खुलाउन तयार रहेको जवाफी पत्र पनि मन्त्रालयले पठाएको छ । सरकारले २०८० साल कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय मन्त्रिपरिषद्बाट गरेको थियो । सोही वर्ष मंसिरमा मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी कार्यविधि जारी ग¥यो । उक्त कार्यविधिको दफा ३ मा सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने सम्बन्धी व्यवस्था छ ।

यो दफाअनुसार सूचीकरण हुन तयार भएपछि टिकटक खोल्न लागिएको हो । सोही कार्यविधिको दफा ४ मा सामाजिक सञ्जाल के कसरी सञ्चालन हुन पाउने भनेर परिधि तोकिएको छ । कार्यविधिले साना र ठूला सामाजिक सञ्जाल भनेर छुट्याउँदै १ लाखभन्दा बढी प्रयोगकर्ता भएकालाई ठूला र त्यसभन्दा कम प्रयोगकर्ता भएकालाई सानाको श्रेणीमा राखेको छ ।

सामाजिक सञ्जाल सञ्चालकमात्र नभएर प्रयोगकर्ताहरूका जिम्मेवारी पनि तोकिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्नेले गुनासो सुन्ने अधिकारीको अनिवार्य व्यवस्था गर्नुपर्छ । कार्याविधिअनुसार नेपालमा कुनै पनि सामाजिक सञ्जाल चलाउनका लागि मन्त्रालयमा सूचीकरण हुनु पहिलो शर्त हो । सूचीकरणका लागि निवेदनको फर्म्याट पनि कार्यविधिमा राखिएको छ ।

तर, कार्यविधि आएको एक वर्ष पुग्न लाग्दा पनि भाइबरबाहेक कुनै पनि सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् । तर, टिकटकबाहेक सबै सामाजिक सञ्जाल निस्फिक्री चलिरहेकै छन् । मन्त्रालय स्रोतका अनुसार टिकटकलाई सूचीकरणका लागि तीन महिनाको समयावधि सरकारले दिएको छ । प्रतिबन्ध भने केही दिनमै फुकुवा हुने बताइएको छ ।

प्रतिबन्ध लागेदेखि नै नेपालमा टिकटकले निरन्तर फुकुवाका लागि प्रयास गरिरहेको थियो । यसअघि पनि पत्र पठाएर नेपालको कानून पालना गर्ने प्रतिवद्धता जनाएको हो । तर, सरकार लचिलो भएको थिएन । प्रचण्ड सरकार ढलेर ओली प्रधानमन्त्री भएपछि टिकटक खुल्ने वातावरण बनेको छ । यसअघि सरकारले प्रतिबन्ध नहटाएपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आएका थिए ।

भारतले २०२० मै टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाएको थियो भने अमेरिकामा सीमित प्रतिबन्ध छ । आधाभन्दा बढी राज्य, संघीय सरकार र सुरक्षा फोर्सले आफ्नो कर्मचारी डिभाइसमा यो एप सञ्चालनमा प्रतिबन्ध लगाएको छ । हाल ३० भन्दा बढी देशमा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध छ । टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्ने पनि प्रतिबद्धता जनाएको छ ।

शैक्षिक नतिजा सुधार्न विद्यालय र कलेज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री डिजिटलाइज्ड गर्न सघाउने प्रतिबद्धता पनि टिकटकको छ । नेपालमा टिकटकको ‘सोसियल गाइडलाइन्स’ पालना भए÷नभएको हेर्न मात्रै ६० जना जनशक्ति व्यवस्थापन गरिएको टिकटकको दाबी छ । टिकटकले कानुन उल्लंघन गर्ने कुनै पनि सामग्रीको विषयमा रिपोर्ट गर्नसक्ने ‘ट्रस्ट एण्ड सेफ्टी इन्फोर्समेन्ट टुल (टीएसईटी) प्रणालीको पहुँच नेपाल सरकारका लागि खुला गरिसकेको बताएको छ ।

नेपालमा डिजिटल सर्भिस ट्याक्स पेयरको रूपमा दर्ता भएको र कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने लाखौं भिडियो प्लेटफर्मबाट हटाएको टिकटकले बताएको छ । टिकटक प्रतिबन्धले वाक तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकार खोसिएको दाबी गर्दै सर्वोच्च अदालतमा एक दर्जन मुद्दा दायर भएका थिए । ५ मंसिर २०८० मा न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी नगरी सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । यो मुद्दाको नयाँ पेशी १० असोज, २०८१ का लागि पेशी तोकिएको छ ।

Tags: # टिकटक#ओलीले टिकटक खोल्ने#नेपालमा फेरि टिकट चल्ने#नेपालमा फेरि टिकटक चल्ने

लोकप्रीय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

विचार

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

थप समाचार

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’
अन्तर्राष्ट्रिय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?
ताजा समाचार

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.