×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

छिट्टै महिला प्रधानमन्त्री बनाउने ओलीको सोच, को बन्ला ?

८ भाद्र २०८१

७ भदौ ,काठमाण्डौ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले त्यसका लागि केही तयारी चाहिने बताए ।

Advertisement
Advertisement

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, नेपालले महिला प्रधानमन्त्री कहिले पाउने ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ। तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’

उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षा मन्त्री बनाएको भन्दै अहिले पछिल्लो समय महिला मुख्यमन्त्री बनाएको बताए । उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी पनि गरे । अहिले सरकारी भ्रमण टोलीमा आफूले महिला सहभागिता अनिवार्य गरेको पनि जानकारी गराए ।

‘एकजना मात्र बोलाए बेग्लै कुरा नभए विदेश भ्रमण वा कतै डेलिगेशनमा जाँदा महिला अनिवार्य गर्ने व्यवस्था मिलाएको छु’, ओलीले भने । सो क्रममा ओलीले युवालक्षित पनि आफ्ना धारणाहरु राखे । ओलीले आफू जेल नेल भोगेर आजको सफलतामा आइपुगेको भन्दै आजको युवालाई नेल, हतकडी कस्तो हुन्छ भन्ने थाहा नभएकोसमेत जनाए ।

एक युवाले प्रधानमन्त्री बन्ने सम्मको जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै आफू १४ वर्ष जेल बसेको लगायतका सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको बताए । उनले भने– ‘हामीले धेरै चुटाई खानुपरेको थियो, भूमिगत बस्नुपरेको थियो, जेलमा बस्नुपरेको थियो । गोलघरमा बस्नुपरेको थियो, नेल हतकडी लगाउनुपरेको थियो । आजका युवाहरूलाई नेल हतकडी भनेको कस्तो हुन्छ जान्न पनि गाह्रो होला ।’

उनले आफ्नो जीवन संघर्षबारे थप भने, ‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ । १८ वर्षको उमेरमा मलाई पञ्चायती शासनले मुद्दा लगाएको थियो । ५३ सालका लागि तोकेर मलाई जेल पठाइएको थियो पछि त्यो घट्दै गएर १० वर्षमा पुग्यो । १० वर्ष जेल बसेपछि पनि ४ वर्ष बिना मुद्दा मामिला फेरि थुनेको थुन्यै गरियो । कानुनी राज थिएन । लोकतन्त्रका लागि लड्दा म अन्यायपूर्वक थुनिएको थिएँ महाराजको माफीले छुटेको होइन, कसैले माफी दिएको होइन । यस्तो धेरै भोगेको छु जिन्दगीमा ।’

फरक प्रसंगमा ओलीले सामाजिक सञ्जालमा आउने अमर्यादित विषय वाक स्वतन्त्रताभित्र नपर्ने पनि सो क्रममा बताए । कलाकार सुमन कोइरालाले सोधेको वाक स्वतन्त्रता के हो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले निर्वाध सत्य कुरा सहि ढंगले देशका लागि जनताका लागि बोल्न पाउने कुरा नै वाक स्वतन्त्रता भएको बताए ।

उनले भने– ‘वाक स्वतन्त्रताका नाममा आजकाल सामाजिक सञ्जालहरुमा जे आइरहेको छ, हेर्न नसकिने, सुन्न नसकिने खालको जे आइरहेको छ यो वाक स्वतन्त्रता होइन, त्यसको दुरुपयोग हो । त्यो लोकतन्त्रको दुरुपयोग हो । यसले समाजलाई योगदान के गर्छ ? केही योगदान गर्दैन । राम्रा कुराहरु गरौँ । सरकारले प्रतिबन्द्ध लगाउने के गर्ने भन्दा पनि आफै नियम कानुनको पालना गर्ने हुनुपर्छ । आफै कानुन मान्ने, आफै आचारणमा बस्ने, सामाजिक मर्यादा परिपालना गर्ने परिपाटी बसाउनुपर्छ ।’

उनले वाक स्वतन्त्रता भनेको सत्य कुरा बोल्न कसैले रोक्न नपाउने कुरा भएको उल्लेख गरे । आफूलाई त्यो किन सत्य लाग्यो भन्नेमा पनि जिम्मेवार हुनुपर्ने बताए । अनुमानका आधारमा कसैलेको परिवार विग्रिनेगरी, जिवन विग्रनेगरी बोल्ने हो भने समाज भाँडिने तर्क गरे । यस्तै उनले सरकारप्रति आशावादी बन्न पनि आग्रह गरे । ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताउँदै वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गरे ।

साथै, उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

Advertisement
Advertisement

‘स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ । नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ । म भन्न चाहन्छु–अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा फरक पर्दैन । भर पर्नुपर्छ यो सरकारसँग । किनभने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन । तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु।’ ओलीले भने ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top