NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव बिहिबार मंसिर ४ , २०८२
रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश बिहिबार मंसिर ४ , २०८२
अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो बुधबार मंसिर ३ , २०८२
सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी! बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो बुधबार मंसिर ३ , २०८२
Next
Prev

समाचार

छिट्टै महिला प्रधानमन्त्री बनाउने ओलीको सोच, को बन्ला ?

शनिबार भदौ ८ , २०८१
Reading Time: 1 min read
A A
नेता कार्यकर्तालाई प्रशिक्षण दिन विराटनगर जाँदै एमाले अध्यक्ष ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ भदौ ,काठमाण्डौ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले त्यसका लागि केही तयारी चाहिने बताए ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, नेपालले महिला प्रधानमन्त्री कहिले पाउने ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ। तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’

LS Auto

उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षा मन्त्री बनाएको भन्दै अहिले पछिल्लो समय महिला मुख्यमन्त्री बनाएको बताए । उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी पनि गरे । अहिले सरकारी भ्रमण टोलीमा आफूले महिला सहभागिता अनिवार्य गरेको पनि जानकारी गराए ।

‘एकजना मात्र बोलाए बेग्लै कुरा नभए विदेश भ्रमण वा कतै डेलिगेशनमा जाँदा महिला अनिवार्य गर्ने व्यवस्था मिलाएको छु’, ओलीले भने । सो क्रममा ओलीले युवालक्षित पनि आफ्ना धारणाहरु राखे । ओलीले आफू जेल नेल भोगेर आजको सफलतामा आइपुगेको भन्दै आजको युवालाई नेल, हतकडी कस्तो हुन्छ भन्ने थाहा नभएकोसमेत जनाए ।

एक युवाले प्रधानमन्त्री बन्ने सम्मको जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै आफू १४ वर्ष जेल बसेको लगायतका सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको बताए । उनले भने– ‘हामीले धेरै चुटाई खानुपरेको थियो, भूमिगत बस्नुपरेको थियो, जेलमा बस्नुपरेको थियो । गोलघरमा बस्नुपरेको थियो, नेल हतकडी लगाउनुपरेको थियो । आजका युवाहरूलाई नेल हतकडी भनेको कस्तो हुन्छ जान्न पनि गाह्रो होला ।’

उनले आफ्नो जीवन संघर्षबारे थप भने, ‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ । १८ वर्षको उमेरमा मलाई पञ्चायती शासनले मुद्दा लगाएको थियो । ५३ सालका लागि तोकेर मलाई जेल पठाइएको थियो पछि त्यो घट्दै गएर १० वर्षमा पुग्यो । १० वर्ष जेल बसेपछि पनि ४ वर्ष बिना मुद्दा मामिला फेरि थुनेको थुन्यै गरियो । कानुनी राज थिएन । लोकतन्त्रका लागि लड्दा म अन्यायपूर्वक थुनिएको थिएँ महाराजको माफीले छुटेको होइन, कसैले माफी दिएको होइन । यस्तो धेरै भोगेको छु जिन्दगीमा ।’

फरक प्रसंगमा ओलीले सामाजिक सञ्जालमा आउने अमर्यादित विषय वाक स्वतन्त्रताभित्र नपर्ने पनि सो क्रममा बताए । कलाकार सुमन कोइरालाले सोधेको वाक स्वतन्त्रता के हो भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले निर्वाध सत्य कुरा सहि ढंगले देशका लागि जनताका लागि बोल्न पाउने कुरा नै वाक स्वतन्त्रता भएको बताए ।

उनले भने– ‘वाक स्वतन्त्रताका नाममा आजकाल सामाजिक सञ्जालहरुमा जे आइरहेको छ, हेर्न नसकिने, सुन्न नसकिने खालको जे आइरहेको छ यो वाक स्वतन्त्रता होइन, त्यसको दुरुपयोग हो । त्यो लोकतन्त्रको दुरुपयोग हो । यसले समाजलाई योगदान के गर्छ ? केही योगदान गर्दैन । राम्रा कुराहरु गरौँ । सरकारले प्रतिबन्द्ध लगाउने के गर्ने भन्दा पनि आफै नियम कानुनको पालना गर्ने हुनुपर्छ । आफै कानुन मान्ने, आफै आचारणमा बस्ने, सामाजिक मर्यादा परिपालना गर्ने परिपाटी बसाउनुपर्छ ।’

उनले वाक स्वतन्त्रता भनेको सत्य कुरा बोल्न कसैले रोक्न नपाउने कुरा भएको उल्लेख गरे । आफूलाई त्यो किन सत्य लाग्यो भन्नेमा पनि जिम्मेवार हुनुपर्ने बताए । अनुमानका आधारमा कसैलेको परिवार विग्रिनेगरी, जिवन विग्रनेगरी बोल्ने हो भने समाज भाँडिने तर्क गरे । यस्तै उनले सरकारप्रति आशावादी बन्न पनि आग्रह गरे । ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताउँदै वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गरे ।

साथै, उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ । नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ । म भन्न चाहन्छु–अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा फरक पर्दैन । भर पर्नुपर्छ यो सरकारसँग । किनभने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन । तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु।’ ओलीले भने ।

Tags: #ओली#महिला प्रधानमन्त्री

लोकप्रीय

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२
१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२

विचार

थप समाचार

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव
ताजा समाचार

आर्थिक

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो
ताजा समाचार

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

हालका पोस्टहरू

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

ओलीको एकल राज अब नचल्ने, ईश्वरको चुनौती,अध्यक्षका लागि आज प्रस्ताव

बिहिबार मंसिर ४ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविका सबै मिसिल अदालतमा, आजै निर्णायक आदेश

बिहिबार मंसिर ४ , २०८२
१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.