कांग्रेस सभापति देउवा निवासअगाडि कसले राख्यो झोलामा माटो भरेर ?

८ भदौ ८१, आइतबार

९ भदौ, धनगढी ।

Advertisement

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवासअगाडि फेला परेको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।

गएराति १ बजे धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवासअगाडि शंकास्पद वस्तु भेटिएको थियो । तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो ।

Advertisement

बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएकोपछि सेनाको टोली सो वस्तुलाई निष्क्रिय गरेको हो । बिहान ५ बजे पुगेको टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।

उनका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडोभित्र माटो भरेर त्यहाँ राखिएको थियो । त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शंकास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top