९ भदौ, विराटनगर ।
नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २-१ ले पराजित गरेको हो ।
बार्सिलोनाको गोलमा लामिन यमल र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । बिल्बाओका सान्टेसले एक गोल फर्काए ।
खेलको २४औं मिनेटमै पेनाल्टी बक्स बाहिरबाट लामिन यमलले प्रहार गरेको लामो रेन्जको बलले जाली चुम्दा बार्सिलोना सुरुआती अग्रता लिन सफल भएको थियो । तर, सान्सेटले पेनाल्टीमा गोल गर्दै एथलेटिकलाई खेलमा फर्काए ।
पहिलो हाफ बराबरीमा सकिएपनि ७५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दे बार्सिलोनलाई तीन अंक दिलाए । जितसँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेको छ । बार्सिलोना अंक तालिकामा दोस्रो स्थानमा छ। एथलेटिको एक अंकसहित १६औं स्थानमा छ ।