NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

ममताका पति अक्टुबर २४ सम्म जेलमै रहने, बिहे गर्ने योजना थियो

मङ्लबार भदौ ११ , २०८१
Reading Time: 1 min read
A A
अब न फर्किने भईन् ममता भट्ट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ भदौ ,विराटनगर ।

अमेरिकामा कार्यरत नेपाली ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टलाई अमेरिकी अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । बेपत्ता ममताको हत्याको आशङ्कामा हिरासतमा रहेका भट्टलाई जमानतमा रिहा गर्ने वा हिरासतमा राख्ने भन्नेबारे सोमबार दोस्रो पटक सुनुवाइ थियो। प्रहरीले नरेशले ममताको हत्या गरेर शव लुकाएको शङ्का गरे पनि हत्याको अभियोग लगाएको थिएन।

त्यसैले कतै जमानतमा रिहा हुनसक्ने सम्भावना देखिएको थियो। तर न्यायाधीशले सिधै भट्टलाई जमानतमा रिहा गर्न अस्वीकार मात्र गरेनन् उनी समाजका लागि खतरनाक हुनसक्ने समेत निष्कर्ष सुनाएको अमेरिकामा रहेका पत्रकार गुणराज लुईटेलले जानकारी दिएका छन् ।

अदालतले उनी भाग्न सक्ने सम्भावना समेत रहेको भन्दै जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । सोमबारको अदालतको आदेशसँगै नरेशको प्रहरी हिरासतको अवधि लम्बिएको छ। उनी अब अक्टुबर २४ सम्म प्रहरी हिरासतमा रहने छन् ।

अझैँ प्रहरीले उनीमाथि सिधै हत्याको अभियोग भने लगाएको छैन। ममताको मृत्युको घोषणा पनि गरेको छैन। तर अदालतमा पेस गरेको कागजपत्रहरूमा सरकारीपक्षले भट्टको घरमा शव घिसारिएको र ठूलो मात्रामा रगत देखिएको प्रमाण फेला पारेको दाबी भने गरिएको छ।

कागजातमा मनासस पार्क प्रहरी अधिकारी सी. भेन्चुराले प्रहरीले ठुलो मात्रामा डिजिटल र फरेन्सिक प्रमाण फेला पारेको र नरेश भट्टले ममता काफ्ले भट्टको हत्या गरी त्यसलाई लुकाउन खोजेको लेखेका छन्।‘घरभित्र शव रहेको र त्यसलाई घरबाट बाहिर घिसारेको प्रमाण थियो,’ प्रहरी अधिकारीले अदालतमा पेस गरेको प्रमाणमा उल्लेख छ।

शुक्रवार, प्रिन्स विलियम अदालतमा अभियोजनहरूले प्रमाणहरू पेस गरेका थिए। त्यसमा बाथटबमा ठुलो मात्रामा रगतको दाग जस्तो देखिएको बताएका थिए। कार्पेटमा रगतको दागहरू रहेको र कोठामा फेला परेका फरेन्सीक प्रमाणको आधारमा मास्टर बेडरुमबाट बाथटबसम्म शव लगेको हुनसक्ने बताएका थिए।

भट्टको घर अस्तव्यस्त अवस्थामा फेला परेको थियो। शयन कक्ष र त्यससँग जोडिएको बाथरुममा रगतको प्रमाण देखिएको थियो। ती रगतका दागहरू ममता भट्टकै हो कि होइन भन्ने पुष्टि गर्न उनीहरू अझै परीक्षणमा रहेको देखियो।

यस्तै ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ?’ भन्नेबारे सर्च गरेको खुलासा भएको छ ।

नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका छन्। प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी छिन् ।

यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ । अभियोजन पक्ष र नरेशका पक्षका वकिलबीच सोमबार श्रीमती बेपत्ता भएको बेला कसरी शव लुकाएको अभियोग लगाइयो भन्नेबारेमा बहस केन्द्रीत भएको थियो ।

तीव्र जनआक्रोशले उचित प्रमाणविना मुद्दा अगाडि बढाएको नरेश पक्षका वकिलले तर्क गरेका छन् । यो अभियोग लगाउनका लागि मृत शरीर हुनु आवश्यक भएको तर अहिलेसम्म भएको प्रमाण केबल रगतमात्र भएको उल्लेख गर्दै नरेश भट्टका पक्षका वकिल शालेव बेन अब्राहमले सञ्चारमाध्यमको ठूलो उन्माद भएका कारण पक्राउ गरिएको तथा मानसास पार्क प्रहरी प्रमुख केही गर्न दबाबमा रहेको अदालतसमक्ष बताएका थिए ।

अभियोजकले नरेश भट्ट विरुद्धको प्रमाण पर्याप्त रहेको भन्दै थप अभियोगहरू आउन लागेको बताएका छन् । अभियोजक सारा सामीले रगतको मात्रा र सेक्रेट सर्भिसले उपलब्ध गराएको इन्टरनेट खोज इतिहासलाई जोड दिएकी थिइन् । घरमा भेटिएको रगत ममताकै भएको पुष्टी भएको छैन ।

नरेशका वकिलले नरेश भट्टको भाग्ने कुनै योजना नरहेको दावी गरेका छन् । उनले हालै आफ्नो टेस्ला बेचेका थिए भने घरबेच्ना दुई सम्भावित क्रेतासँग कुरा गरेका थिए । तर गाडी बिक्री र घर बेच्ने प्रयास परिवारको लागि पैसा उपलब्ध गराउनका लागिमात्र रहेको नरेशका वकिलको तर्क थियो ।

अभियोजकका तर्फबाट सोमबार अदालतमा ममता र नरेशबीचको सम्बन्ध समस्याग्रस्त रहेको थप विवरणहरू पनि प्रदान गरिएको थियो । फेब्रुअरीमा घरमा प्रहरी बोलाइएको र प्रहरी अधिकारीहरूले ममतासँग कुरा गर्दा उनका श्रीमान् नरेशले आधिकारिक कागजातहरू नदिने बताएको तथा ममताको फोन नष्ट गरेको बताएको पनि अभियोजक सारा सामीले अदालत समक्ष बताइन् ।

ममता घरेलु हिंसाको सिकार भएको र उनको पतिसँगको झगडामा चोटपटक लागेको विवरण पनि अभियोजकका तर्फबाट अदालतमा बताइएको थियो । साथीहरू र परिवारसँग नियमित रूपमा कुराकानी गर्ने सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता ममताले जुलाई २९ मा आफ्नो फोन प्रयोग गर्न बन्द गरेको र अगस्त १ मा लाउडन काउन्टी नजिकको नेटवर्कमा उक्त फोन जडान भएको अभियोजकले अदालतलाई बताएका छन् ।

सोमबार विहान साढे ८ बजे प्रिन्स विलियम जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन डिस्ट्रिक्ट कोर्टको कोर्टरुम ६ मा उक्त सुनुवाई भएको थियो । उक्त सुनुवाईमा पनि नरेशलाई भौतिक रुपमा नै उपस्थीत गराइएको थियो । अर्को सुनुवाई अब अक्टोबर २४ का लागि तय गरिएको छ ।

नरेशले जुलाई ३० मा तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो । अनुसन्धानकर्ताहरुले अझै २ वटा चक्कुहरु फेला पारेका छैनन् । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् ।

नरेशले आफू अपराधमा संलग्न भए नभएकोबारे केहीपनि स्वीकार वा अस्वीकार गरेका छैनन् । नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना रहेको अभियोजकले बताएका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ ।

अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा उनी बेरोजगार थिए । अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । काभ्रेकी नर्स ममता भट्ट नरेशसँग विवाह गरेर चार वर्ष अगाडि अमेरिका गएकी थिइन्।

उनी तीन हप्ता अघि एकाएक बेपत्ता भएकी थिइन्। उनलाई अन्तिम पटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। उनले जुलाई २८ मा एक साथीसँग फोनमा कुरा गरेकी थिइन्। जुलाई २८ मा आफ्नो बच्चा भर्याङ चढ्दै गरेको भिडियो टिकटकमा पोस्ट गरेकी थिइन् ममताले। त्यसपछि उनलाई कसैले देखेको छैन।

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing
Currently Playing

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.